धरान / बैशाख ३० गते हुने धरान उपमहानगरपालिकाको चुनावमा नेकपा एमालेबाट मेयरको उम्मेदवार मञ्जु भण्डारीले यातायात मजदुरहरु विच आफु निर्वाचित भएमा टेम्पो, सफारीले तिर्दै आएका दैनिक २५ रुपया कर ३ रुपयामा झाने प्रतिबद्धता जनाएकी छन् ।
आइतवार अन्तर्राष्ट्रिय श्रमीक दिवस मनाउन भानुचौकमा आयोजित कार्यक्रममा हालकी उपमेयर भण्डारीले भनिन् ‘टेम्पो, सफारी जस्तो गरिखाने सवारीमा बार्षिक ९ हजार १ सय २५ रुपैया कर धेरै भयो, यस्लाई घटाउ“छु ।’ उनि कार्यक्रममा प्रमुख अतिथि थिइन् ।
उपमेयरमा उम्मेदवार पदम लिम्बुले तत्कालको लागि भानुचौक बसपार्कलाई व्यवस्थित गरी यहा“को समस्या समाधान गर्न गम्भिर भएर लाग्ने बताए । निर्माणाधीन धरान स्मार्ट बसपार्क तयार भैसकेपछि भानुचोकको भिडभाड व्यवस्थित हुने बताउँदै उनले धरान पर्यटकीय शहर भएकाले हाल भानुचौकमा देखिएको भिडभाडले पर्यटकहरुलाई नकारात्मक सन्देश गइरहेकोले तत्काल व्यस्थापन गर्न जरुरी भएकोमा जोड दिए ।
यातायात मजदुरका पूर्व केन्द्रिय अध्यक्ष मोतिराज सुनुवारले मजदुरलाई लगाइएको ट्राफिक नियमबाट मजदुरहरु पीडित हुने गरेको बताए । स्थानिय सरकारले व्यवहारिक नियम, कानुन बनाएर लागु गरेमा मजदुरहरुलाई राहत पुग्ने उनको भनाई छ । अनिवार्य लगाउनुपर्ने ज्याकेटले मजदुरलाई झन्झट भएको बताउ“दै मजदुर नेता सुनुवारले ज्याकेटकै कारण जरिवाना तिर्नुपर्ने, प्रहरीको कुटाइ खाएको घटना पनि भएका बताए ।
ज्याकेटलाई अनिवार्य गर्न नहुने उनको भनाई थियो । कार्यक्रम नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिले आयोजना गरेको हो ।
Discussion about this post