भावना ऋषिदेव / इनरूवा । आउने ३० गते बैशाखको स्थानीय तहको निर्वाचन भाेक्राहा नरसिंह गाउँपालिकामा नेकपा एमालेको जनलहर नै छ ।
नेकपा एमालेबाट भाेक्राहा नरसिंह गाउँपालिकाका निवर्तमान अध्यक्ष महेन्द्र प्रसाद यादव पुनः दाश्राे कार्यकालको लागि गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष पदको उम्मेदवारी दर्ता गराएका निवर्तमान अध्यक्ष यादव अहिले व्यापक चर्चामा आएको छ ।
भाेक्राहा नरसिंह गाउँपालिकामा जाहाँ बाटाे थिएन, त्यहाँ बाटाे बनाएर स्तराेनन्ती गरे, पालिका भवन बनाउन सफल भए, ३० किलोमिटर सडक कालाेपत्रे गर्न सफल भएको कारण यादव चर्चामा आएको स्थानीय बुधनारायण यादवको कथन छ ।
स्थानीय बुधनारायण यादवका अनुसार भाेक्राहा नरसिंह गाउँपालिकामा एमाले बाहेक अन्य पार्टीको विकल्प नरहेको बताए ।
निवर्तमान अध्यक्ष यादव विकासमा क्रान्ति ल्याउन सफल भएका कारण नेकपा एमाले पार्टीबाट उनलाई जिताउनु पर्नेमा जाेड दिए ।
उनले भने भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट अध्यक्षमा जित्ने सम्भावना पनि बढी देखिएको छ ।
उनलाई जिताएर पुनः अधुरो रहेको बाँकी काम पूरा गर्ने माैका दिनुपर्ने बताए ।
साथै, यादव अन्य नेता भन्दा नरम, शालिन स्वभावका रहेको र गाउँमा मिलनसार, सबैलाई मिलाएर राख्ने नेता भएका कारण उनलाई जनताले धेरै रुचाउने गरेको र समाजिक कार्यमा उनी अगाडि रहेको बताए ।
यद्यपि, यस् निर्वाचनमा नेकपा एमालेको भाेक्राहा नरसिंह गाउँपालिकामा जित सुनिश्चित हुन्छ र जित्ने सम्भावना रहेको स्थानीय मतदाताहरूको भनाइ रहेका छन् ।
Discussion about this post