चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी एक महिला निर्विरोध निर्वाचित भएकी छन् ।
भाेक्राहा नरसिंह गाउँपालिका वडा नं. ८ मा नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी विमला देवी माेची निर्विरोध निर्वाचित भएको स्थानीय निर्वाचन अधिकृत माेहन अधिकारीले जानकारी दिए ।
माेचीले दलित महिला सदस्य पदका लागि उम्मेदवारी दिएकोमा सो पदमा उनको एकल उम्मेदवारी रहेकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको स्थानीय निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।
Discussion about this post