चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्ष पदमा जनता समाजवादी पार्टी जसपा नेपालबाट उम्मेदवारी दर्ता गराएका महेन्द्र प्रसाद यादव (सानाे) र उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी पुनम कुमारी मेहता घरदैलो अभियानमा जुटेका छन् ।
गाउँ–गाउँका मतदाताको मनोभावना बुझी ईक्छा आकांक्षा बोटुल्दै घरदैलो अभियान सुरु गरेका हुन् । आफ्नो पार्टीको घोषणापत्र र कार्यसूची बोकेर मतदाताका घर–घरमा पुग्ने अभियान जारी रहेको छ, एजेण्डा सुनाउँदै मतदातासँग मत माग्न थालेका छन् ।
“उम्मेदवारी दर्ता गराएसँगै हामी घरदैलो सुरु गरिसक्यौैँ”, जसपाका तर्फबाट भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पदका उम्मेदवार महेन्द्र प्रसाद यादवले भने, मतदातासँग मत माग्न भाेक्राहा नरसिंह गाउँपालिका अवस्थित गाउँ–गाउँमा पुग्न थालेपछि गाउँबस्तीलाई चुनावी माहौलले छोपिसकेको छ ।
गाउँ घरको विकास र सुशासनलाई प्राथमिकतामा राखी आफूले जसपा नेपालकाे तर्फबाट भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएको बताए ।
उनीहरू अहिले प्रत्येक मतदाताकाे घर घर गएर मत मागिरहेका छन् ।
Discussion about this post