शुच नारायण यादव /सप्तरी । नेपालके कान्छाे अध्यक्ष पदका उम्मेदवार बिघानन्द चाेधरिले सप्तरीको छिन्नमस्ता गाउपालिकालाइ भयरहित भ्रष्टाचार मुक्त एव स्मार्ट पालिका बनाउने दाबी गर्नभएकाे छ । सप्तरीको छिन्नमस्ता गाउपालिकामा लाेकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका चाेधरीले घाेषणाा पत्र सार्वजनिक गर्दै यस्तो दाबि गर्नभएकाे हाे । अध्यक्ष पदका उम्मेदवार चाेधरिले छिन्नमस्ता गाउपालिकालाइ केन्द्र देखि प्रत्येक वडा कार्यालय सम्म कालाेपत्रे तथा आरसिसि ढलान सडक निर्माण , ग्रामीण सडकहरुलाइ ढल ,नाला सहित विस्तृत याेजना बनाउने तथा लिङ्क राेडहरुलाइ तत्काल व्यवस्था गर्नुका साथै पालिकासम्म जाेडनका लागि चत्रपथ निर्माण प्रक्रिया अगाडि बढाउने , प्रत्येक विघालयमा कम्प्युटर शिक्षा प्रणालि , पुस्तकालय , ल्याव ,इन्टरनेटकाे व्यवस्थाका साथै विघार्थि छात्रावासकाे व्यवस्था , पालिका मातहतमा रहेका सम्पुर्ण सरकारि विघालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ सन्चालन , लाेकसेवा तथा प्रहरी / सेनिक प्रवेश तेयारि कक्षा सन्चालन , प्रत्येक वडा कार्यालयमा नियमित रुपमा लाेकसेवा विज्ञापन सुचना पार्टी राख्ने लगायतका कार्यहरु गर्ने प्रतिबद्धता जनाएका छन । त्यस्तै प्रत्येक सरकारी विघालयमा ५ कक्षा भन्दा माथि पढने छात्राहरुलाइ अनिवार्य आत्म रक्षा तालिम , सरकारी विघालयका ८ कक्षामा अध्धयनरत छात्राहरुलाइ साइकल वितरण , आर्थिक रुपमा विपन्न परिवारका छाेरिहरुलाइ विवाहमा २५ हजार सम्म आर्थिक सहयोग , प्रत्येक नागरिकहरुकाे डिम्याट खाता , फेसबुक , टविटर आदि सन्चालनमा सहयोगका लागि पालिकामा एउटा कम्प्युटर डेस्ककाे व्यवस्था , छिन्नमस्ता भगवतिकाे मन्दिरकाे विश्व सम्पदामा सुचिमा राख्नकाे लागि विशेष पहल गर्नुका साथै सखडामा अत्याधुनिक बस पार्क निर्माण गर्ने जनाएको छ । यसैगरी पालिकाकाे उपयुक्त स्थानमा आधुनिक फनपार्ककाे व्यवस्था ,दिर्घकालिन अथवा कल्पकालिन सिचाइ याेजनालाई अगाडि बढाउने , सार्वजनिक स्थानहरुमा शाेचालयकाे व्यवस्था तथा एक घर एक शाेचालय नीति अन्तरगत प्रत्येक परिवारमा १५ हजार आर्थिक सहयोग गर्ने घाेषणाा पत्रमा उल्लेख गरिएको छ। यसैगरि भाषा ,कला ,सस्कृतिक , साहित्यकाे विकास तथा प्रबर्द्धनका लागि वार्षिक रुपमा प्रतिस्पर्धाकाे व्यवस्था , ग्रामीण महिलाकाे आर्थिक उन्नतिका लागि घरेलु उत्पादनमा सहयोग गरि बजार सम्म पहुच पुर्याउने , किसानहरुका लागि समयमे मल ,खाघ , बीउ ,बिजन सहज रुपमा उपलब्ध गराउने , ज्येष्ठ नागरिक , एकल महिला ,शारीरिक रुपमा अशक्त ब्यक्तिहरुका लागि घरमे कार्यालयकाे सुबिधा तथा स्वास्थ सुबिधा उपलब्ध गराउने ,लगायतका रहेका छन । यस्तै ज्येष्ठ नागरिक तथा असहायहरुका लागि आधुनिक वृद्धात्रम , सामुहिक रुपमा स्वराेजगार गर्ने ब्यक्तिहरुलाइ अनुदानकाे व्यवस्था , प्रसुति पछि पालिका भित्रका महिलाहरुलाइ ५ हजार आर्थिक सहयोग , प्रत्येक वडामा एउटा एम्बुलेन्स तथा पालिकाबासिहरुका लागि स्वास्थ बिमा , पालिकामा आधुनिक सुबिधा सम्पन्न अस्पताल सन्चालन , बार्षिक रुपमा विर्घाथिहरुका लागि खेलकुद तथा अाइटि प्रतियोगिता , छिन्नमस्ता भगवती दर्शानार्थिहरुका लागि सुबिधा सम्पन्न धर्मशाला , समाजमा रहेका विभिन्न प्रकारका विकृति , बिसगति ,हिसा ,गुण्डागर्दि ,अपराध अन्त्य गर्नका लागि कडा कानुनकाे वयवस्था गर्ने उल्लेख गरिएको छ ।यसेगरि कुलत तथा लागुऔषध प्रयाेग गर्ने युवाहरुकाे लागि सुधारका लागि विशेष पहल गर्ने , बिघुतकाे पहुच नभएका स्थानमा तत्काल बिघुतकाे पहुच पुर्याउने , देश ,बिदेशमा रहेका नागरिकहरुका लागि अनलाइन निवेदनमा २४ घण्टामा काम गर्ने व्यवस्था , घर घरमा शुद पानिकाे व्यवस्था तथा ऐलानि पाेखरिहरुलाइ खुला टेण्डर गरि समाजकाे बिकासमा उपयाेग गर्ने लगायतका प्रतिबद्धताहरु उल्लेख गरिएको छ ।
Discussion about this post