शुभ नारायण यादव /सप्तरी । पाँच बर्ष भित्र छिन्नमस्ता गाउपालिकालाइ हिलाे मुक्त बनाउने प्रतिबद्धता जसपा नेपालका अध्यक्ष पदका उम्मेदवार सत्य नारायण यादवले जनाएका छन । जनता समाजवादी पार्टी नेपालकाे आज आयाेजित गाउपालिका स्तरिय घाेषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष पदका उम्मेदवार यादवले यस्तो प्रतिबद्धता जनाएका हुन । यस्तै सखडा अस्पताललाई स्तराेन्ति गरि १५ शेययाकाे अस्पताल बनाउने , जिर्ण रहेकाे बर्थिङ सेन्टरको भवनलाइ पुर्ननिर्माण गरि २४ घण्टे सेवा प्रदान गर्ने , पाच वर्ष भित्र गाउपालिकाकाे आफ्नाे भवन सहित सबै वडाकाे वडा कार्यालय बनाउने उल्लेख गरिएको छ । यसैगरी विघालयमा शेक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यार्थीकाे अनुपातमा विषयगत शिक्षककाे व्यवस्थाप गर्ने , गाउँपालिका भित्र कृषि ,सडक ,सिचाइका लागि विघुतिकरण ,कृषि सेड लगायत निर्माण गरि आधुनिक प्रविधि मार्फत कृषिमा क्रान्ति ल्याई राेजगारी व्यवस्था गराउने , सिंचाइकाे लागि कुलाे ,पेनि लगायत घाेरदह नदि र भलुवाहि नदिलाइ ढाेका सिस्टममा व्यवस्थित गर्ने , कृषि अनुदानको व्यवस्था गरि कृषि सामग्रीहरुकाे बजार र भण्डारणकाे लागि शित भण्डार समेत निर्माण गर्ने लगायतकाे उल्लेख गरिएको छ । त्यस्तै याेजना छनाेट प्रक्रियामा बहुसङ्ख्यक जनताको भेला गराइ पारदर्शी ,उतरदायि र दिगाे खालकाे बनाउने , स्थानीय स्तरमा हुने स साना झे झगडा न्यायिक समिति मार्फत तत्कालै समाधान गराइ सुशासन कायम गर्ने , भुमिहिन ,गरिब , दलित ,अति विपन्न ,असहाय ,अपांग ,एकल महिला लगायतका लागि राेजगारि र गाउपालिका स्तरिय आवास निर्माण सहित थप सामाजिक सुरक्षाका कार्यक्रमहरु सन्चालन गर्ने , एक वडा एक खेल मेदान लगायतका कार्यक्रम ल्याइ प्रत्येक वर्ष गाउपालिका स्तरिय विभिन्न खेलका प्रतिस्पर्धा गराउने घाेषणा पत्रमा उल्लेख गरिएको छ । यसेगरि स्थानीय स्तरमा उपलब्ध श्राेत साधन अधिकतम प्रयाेग गरि अनुदान मार्फत स साना उघाेगहरु सन्चालनमा ल्याइ बेरोजगारी समस्या केही हदसम्म भएपनि हल गर्ने , ५ वर्ष भित्र शुद्ध खानेपानि ,फाेहरमेला व्यवस्थापन लगायतका ढल निकासकाे व्यवस्था गर्ने , छिन्नमस्ता भगवती मन्दिरलाइ पुन भव्य मन्दिर निर्माण गरि पर्यटन भित्राउने ठुलाे केन्द्र बनाउने , समता मुलक विभेद र भयमुक्त समाजको निर्माण गर्ने , प्रत्येक ६ महिनामा अाफना कार्ययोजना र प्रगति विवरण सार्वजनिक सुनुवाइ मार्फत सार्वजनिक गर्ने तथा केन्द्र र प्रदेश सरकारबाट थप बजेेेट उपलब्ध गराइ छिन्नमस्ता गाउपालिकाकाे विकास गतिलाई दाेब्वर बृद्ि गर्ने प्रतिबद्धता घाेषणाा पत्रमा उल्लेख गरिएको छ । उक्त घाेषणा पत्र सार्वजनिक कार्यक्रममा गाउपालिकाकि उपाध्यक्ष पदकि उम्मेदवार अाशा देवि साह , जसपा नेपालका केन्द्रीय सदस्य अशाेक कुमार यादव , जसपा नेपालका छिन्नमस्ता गाउपालिका वडा न.१ का वडाअध्यक्ष पदका उम्मेदवार रामधन राय , २ का वडाअध्यक्ष चुनचुन साह , ३ का वडाअध्यक्ष पदका उम्मेदवार बिजय कुमार यादव , ४ का प्रमोद यादव ,५ का दिनेश शर्मा ,६ का बिरेन्द साह लगायतकाहरुकाे सहभागीता रहेकाे थियाे ।
Discussion about this post