महेश सिंह /सिरहा – धनगढीमाई नगरपालिका वाडा नम्बर ३ मा माओवाद केन्द्र निकट बिरेन्द्र साहले मनोनयन दर्ता गराएका हुन्।साह वाडाका लागी लोकप्रिय नेता हुन्। उनले माओवादी केन्द्रको कम्युनिस्ट आन्दोलनमा लामो समय देखि लागेका हुन्।
जनयुद्ध खेपेका युवा साहको कारण धनगढीमाई ३ लाई माओवादी केन्द्रको लाल किला भन्ने र प्रचलित रहेका छन्।
समाजमा चर्चा बटुलेका युवा नेता बिरेन्द्र साहले जनताकै बल भरोसमा उनले उमेदवार बन्न पुगेका हुन्। समाजमा रुपान्तरण को खाचो रहेको भन्दै जनताले आफुलाई निर्वाचित गरायो भने शिक्षा स्वास्थ र कृषिमा विशेष जोड दिने उनले बताए।
स्थानीयका अनुसार साह जस्तै युवा समाजसेवी नेताको उक्त वाडामा खाचो रहेको बताए। धनगढीमाई नगरपालिकामा माओवादी केन्द्रका उमेदवार हरि नारायण चौधरी नगरपालिकाको लागि कसिलो उमेदवार रहेका हुन।
Discussion about this post