टीकापुर नगरपालिकाकाे वडा न ९ मा माओबादीका लाैटनकाे जित पक्का
मान बहादुर ठकुल्ला
टीकापुर / स्थानीय तहको निर्वाचन नजिकिँदै गईरहेका बेला विभिन्न दलका उम्मेदवारले मतदाताको घरघरमा चुनाबी प्रचार प्रसार सहित मत माग्दै हिँडेका छन् । सबै उम्मेदवारले आ-आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। यसै बिचमा टिकापुर नगरपालिका वडा नम्बर ९ मा कसले बाजि मार्ला भन्ने काैतुहलता मतदातामा चलिरहेको छ। भने टीकापुर नगरपालिकामा मेयर ,उपमेयर र वडा नम्बर १ मा सत्तारूढ दल बिच गठबन्धन भई एमालेलाई हराउने दाउमा रहेका छन भने अन्य वडामा भने स्वतन्त्र र मित्रवतरुपमा प्रतिस्पर्धा भइरहेकाे छ ।
९ नम्बर वडामा नेपाल कम्न्युष्ट पार्टी माअाेबादी केन्द्रका बाट लाैटन चाैधरी अध्यक्ष पदका प्रत्यासि रहेका छन् । चाैधरीले अघिल्लाे स्थानिय तहकाे चुनाबमा जितेर काम गरिसकेका छन भने उनले अाफ्नाे अघिल्लो कार्यकालमा वडा कार्यालयकाे जमिनकाे व्यवस्थापन गरि भवन निर्माण गरेका छन भने वडा बासिले प्रभावकारी स्वास्थ्य सेवा दिनका लागि जमिन सहित शहरी स्वास्थ्य केन्द्रकाे स्थापना गर्न सफल भएका छन। साथै वडा भित्रका सबै गाउटाेल सम्म पुग्ने सडक कालाेपत्रेकाे शुरुवाति गरेका छन भने वडामा करिब ४० प्रतिशत सडक कालाेपत्रे गरेकाे उनले दाबी गरेका छन ।भने दलित जनजाति का लागि आत्मनिर्भर बनाउनका लागि सिपमुलक कार्यक्रम संचालन गरेका थिए ।तपाईकाे उम्मेदवारी पुन किन भन्ने जिज्ञासामा अघिल्लो कार्यकालमा केही काम अधुरा रहेकाले ती काम पूरा गर्नका लागि र वडा शुद्ध खानेपानी काे व्यस्थापन गर्न, वडामा निशुल्क शिक्षा प्रदान गर्नुका साथै वडामा एम्बुलेन्स सेवा प्रदान गर्नका लागि अाफु दाेहाेरिएर उम्मेदवारी दिएकाे लाैटन चाैधरीले बताए ।चाैधरी सरल र मिलनसार स्वभावका साथै किसानहरु संग प्रत्यक्ष सम्पर्क रहेकाले पनि लाैटनलाई जित हासिलका लागि सहज हुने आंकलन गरिएको छ ।
चाैधरीलाई यस भन्दा अघिल्लाे स्थानिय तहकाे चुनाबमा पनि अत्यधिक मतले वडा बासिले जितएका कारण र वडामा माओबादी केन्द्र एक ढिक्का भएर चुनावमा हाेमिएकाे कारणले पनि चाैधरीकाे जित पक्का रहेकाे माअाेबादी वडा नम्बर ९ का स्थानीय तह चुनावी ब्यवस्थापन समितिका संयाेजक कमला काेईरालाकाे दाबी रहेकाे छ ।
साबिक धनसिहपुर गाबिस तथा वडा न ९ का स्थानिय पुराना स्थापित परिवारका पृष्ठभूमिका कारण ९ न वडाका मतदाताले यसपटक लाैटनलाई अधिकाँश मत जाने दावी कमलाकाे रहेको छ ।
यसपटकको स्थानीय तहको चुनावमा नेकपा माओबादी केन्द्र एक ढिक्का भएर चुनावमा हाेमिएकाे हुनाले वडा नं ९ मा माअाेबादीकाे जित सुनिश्चित भएको माओबादी केन्द्र वडा नं ९ का चुनाब व्यवस्थापन समितिका संयाेजक कमला काेईरालाले जानकारी दिएकी छन । टीकापुर नगरपालिका वडा न ९ का चाैधरीले यस भन्दा अगाडिको चुनाबमा अत्याधिक मत ल्याएर जितेका थिए उनेले वडाकाे बिकासका लागि तत्पर भएर काम गरेका छन । उनले शिक्षा स्वास्थ्य लगायत आदिबासी जनजाति दलितका लागि थुप्रै काम गरेका छन ।अध्यक्ष पदको उम्मेदवार हेर्दा ९ नम्बरमा माओबादी केन्द्र बलियो भएको चन्द्र बहादुर चाैधरीले बताए ।
मेरो ठाउँलाई केही दिनुपर्छ भनेर र अघिल्लो कार्यकालमा केही काम गर्न बाकी रहेकाले फेरि यस वडाका दाेहाेरिएर ९ न वडामा अध्यक्ष उम्मेदवार छु यसपटक पनि वडावासिले मलाई मतदान गरिदिनु हुनेछ भन्ने आशामा छु,’ लाैटनले भने। निर्वाचन आयोगको तथ्यांक अनुसार टिकापुर ९ मा २ हजार ४ सय मतदाता रहेका छन्। जसमा २ हजारकाे हाराहारीमा मत खस्न सक्ने अांकलन गरिएकाे छ ।
Discussion about this post