शुभ नारायण यादव/ सप्तरी । आसन्न स्थानीय तहकाे निर्वाचनकाे मिति नजिकिदै जादा अहिले उम्मेदवारहरु घरदैलो अभियानमा तिव्रता दिएका छन । साेहि क्रममा जनता प्रगतिशिल पार्टी नेपालका सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार प्रभाकर यादव मनाेजले जनताको घर घरमा घरदैलो कार्यक्रम गर्नुका साथै किसानहरुकाे धानखेतमा समेत गएर भाेट मागेका हुन । भाेट माग्दै अध्यक्ष पदका उम्मेदवार मनाेजले कृषि र कृषककाे उत्थानका साथै छिन्नमस्ता गाउँपालिकालाइ भयरहित भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने प्रतिबद्धता जनाएका छन । सन्चारकर्मिहरुसँगकाे कुराकानीमा यादवले आर्थिक सुशासन सहित गुणस्तरीय सर्व सुलभ माध्यमिक शिक्षा समेत प्रदान गर्ने बताएका छन । यस्तै निशुल्क प्राथमिक स्वास्थ , कृषि सामग्रीमा अत्याधिक अनुदान ,जग्गा चकलाबन्दिकाे अभियानका साथै ग्रामीण पुर्वाधारकाे तिर्व विकास गर्नुका साथै कृषि बिमा , सिंचाइ तथा समयमा मलखाघ ,बीउ विजनकाे समेत व्यवस्था गर्ने जनाएको छ। यसेगरि एकल महिलाकाे हकमा उमेर बन्देज नराखि जीवन यनपन भत्ताकाे व्यवस्था , बेरोजगार युवाहरुकाे तथ्याङ्क सकलन तथा असहाय बेरोजगारका लागि न्युनतम भत्ताको व्यवस्था , युवाको सम्पुर्ण व्यक्तित्व विकासका लागि समुचित व्यवस्था गर्ने जनाएको छ । त्यसैगरी आमाकाे नामबाट नागरिकता तथा जन्म सिद्धका आधारमा नागरिकता प्रदान गरेका ब्यक्तिकाे सन्तानलाई नागरिकता प्रमाण पत्र उपलब्ध गराउन सङ्घिय सरकारलाई दबाव दिने लगायतका प्रतिबद्धता जनाएका छन । काेदालाे बाेकेकाे किसान चिन्ह चुनाव रहेकाले किसानहरुकाे दुख पिडामा २४ से घण्टा सेवा गर्ने जनाउदै विश्वके सु प्रसिद्ध छिन्नमस्ता भगवतिकाे सरक्षण सम्वर्दनका साथै छिन्नमस्ता गाउपालिकालाइ नमुना गाउपालिका बनाउने प्रतिबद्धता समेत जनाएका छन । यसेगरि साेहि पार्टिबाट उपाध्यक्ष पदमा उम्मेदवारि दिएकि उपाध्यक्ष बविता कुमारि साहले महिलामाथि हुने हरेक खाले हिसा अन्त्यका साथै महिलाहरुकाे हक अधिकारका लागि सदेव आफु विजयि भए पछि लडने बताएकी छिन ।
Discussion about this post