इनरुवा । आसन्न स्थानीय तह निर्वाचन २०७९ को लागि उम्मेदवारी दिएका महेन्द्र प्रसाद यादवले प्रदेश प्वाइन्ट अनलाइनसँग कुराकानी गर्दै भने म जनताको सेवक बन्न चाहेको बताएका छन् ।
जनता समाजवादी पार्टी नेपालबाट भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका यादवले भने जनताहरु अत्ति पीडित छन् उनीहरुको दुःख बुझ्नका लागि आफुले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको बताए ।
उनले भने भोक्राहा नरसिंह गाउँपालिकामा भइरहेको अन्यमितता, भ्रष्टाचार न्यूनिकरण गर्ने र जनताको भलो हुने काम गरेर देखाउने बाचा समेत गरेका छन् ।
यादव आफै सुखी सम्पन्न परिवारको छोरा भएकाले आफुलाई कुनैपनि पैसाको लोभ लालच नरहेको र जातजाती, धर्म साँस्कृतिक सबैलाई समेटेर लाने भन्दै आफुले उम्मेदवारी दर्ता गरेको मतदाताहरुलाई बताउँछन् ।
उता जनता समाजवादी पार्टी नेपाल भोक्राहा नरसिंह गाउँपालिकामा संगठनको हिसावमा मजवुत रहेको कारण आफुलाई जनताले विश्वासका साथ मतदान गर्ने उनले बताए ।
गत स्थानीय तह निर्वाचन २०७४ देखी हाल सम्म भोक्राहा नरसिंह गाउँपालिकामा कुनै ठोस विकास निर्माण नभएको बताउँदै अब बाँकी रहेका काम आफुले जितेपछि जनताको समन्वय, सहकार्य र इच्छा बमोजिम काम अगाडी बढाउने बताए ।
Discussion about this post