इनरुवा । आसन्न स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा आफ्नो पार्टीलाई जिताउनका लागि जसपा नेपालकी केन्द्रीय सदस्य हंशा साह दिनरात खट्दै आएकी छन् ।
स्थानीय तह निर्वाचनमा जसपा नेपाल केन्द्रिय कार्य समितिबाट खटाइएका कारण हंशा साह दिनरात एक गरेर गाउँघर भोट माग्दैँ आएको बताउँछिन् ।
केन्द्रिय समितिले शाहलाई सुनसरीको कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज र बर्जु गाउँपालिका लगायतका आफ्ना पार्टीका उम्मेदवारहरुलाई जिताउनका लागि घरघरमा आफ्नो पार्टी जारी गरेको घोषण पत्र पढेर सुनाउँछिन् ।
केन्द्रिय सदस्य शाहले आफ्नो पार्टीको उम्मेदवारहरुलाई जिताउनका लागि अह्म भुमिका खेल्दै विभिन्न पालिकाहरुमा आफ्ना साथीभाई, शुभचिन्तक, नेता तथा कार्यक्रर्ताहरुलाई जोड्न समेत प्रयास गर्दै आएकी छन् ।
उनले प्रदेश प्वाइन्ट अनलाइन पत्रिकासँग कुराकानी गर्दै भने म जसपा नेपालबाट भोक्राहा नरसिंह गाउँपालिका उपाध्यक्षको दाबेदार भएपनि टिकट लिन इन्कार गर्दै आफ्नै सहकर्मी एंव निवर्तमान उपाध्यक्ष पुनम कुमार मेहतालाई उपाध्यक्ष पदमा जिताउन निधो गरेको बताईन् ।
केन्द्रिय सदस्य साहले भने निवर्तमान उपाध्यक्ष मेहताले ८ महिना कार्यवाहक अध्यक्ष समेत सम्हालेका कारण उनलाई सघाउनका लागि आफ्नो साथ रहेको बताईन् ।
उता जसपा नेपालबाट उम्मेदवारी दिएका सुनसरीका १२ वटै स्थानीय तहमा आफ्नो पार्टीलाई जिताउने दाबी गर्दै भने इनरुवा नगरपालिका सहित भोक्राहा नरसिंह, कोशी, देवानगञ्ज र हरिनगर गाउँपालिकामा आफ्नो सरकार बनाउने लक्ष्य रहेको बताइन् ।
उनले भने जसपा नेपालको सरकार सुनसरी जिल्लाको १२ वटा स्थानीय तह मध्ये ५ वटा स्थानीय तहमा जसरी पनि गाउँपालिका र वडामा जसपा नेपालको सरकार बनाउने दाबी गरिन् । त्यस्तै उनले जसपा नेपालबाट प्रदेश सदस्य पदमा आफ्नो इच्छा जाहेर गरेकी छन् ।
Discussion about this post