चिराैली । आजदेखि भाेक्राहा नरसिंह गाउँपालिका कार्यालयहरुबाट प्रवाह हुने सेवा प्रवाह बन्द हुने भएका छन् ।
स्थानीय तह सदस्य निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुनसरीबाट निर्वाचन कार्य संचालनका लागि यस गाउँपालिका र अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीहरु विभिन्न मतदान केन्द्रमा खटिनुपर्ने भएकोले आइतबार २५ देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयबाट प्रवाह हुने अति आवश्यक बाहेक सम्पूर्ण नियमित सेवाहरु संचालन नहुने व्यहोरा सहितको सुचना प्रकाशित गरि जानकारी गराइएको छ ।
भाेक्राहा नरसिंह गाउँपालिकाका कर्मचारीहरुलाई स्थानीय तह निर्वाचनमा जिल्लाकाे बिभिन्न ठाउँमा खटिएका कारण अतिआवश्यक सेवा बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले जानकारी दिए ।
यस्तै निर्वाचनको दिन सवारी आवागमन बन्द हुने भएका छन । स्थानीय तहको निर्वाचनलाई स्वच्छ र शान्त रुपमा बनाउनकै लागी मतदानको दिन सवारी आवागमन बन्द गर्ने भएको निर्णय जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
वैशाख २९ गते राती १२ बजे देखि ३० गते मतदान सम्पन्न नहुँदा सम्म एम्बुलेन्स, दमकल, दुर सन्चार सेवा, अस्पताल सेवा, विद्युत सेवा, सवारी पास लिएका यातायातका साधन र सुरक्षा निकायका सवारी साधन जस्ता अति आवश्यक बाहेका सवै यातायातका साधनहरु बन्द हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
Discussion about this post