चिराैली । बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको ४८ घण्टा पहिलेदेखि मौन अवधि सुर हुने र मौन अवधिभरी चुनाव प्रसार प्रसार, कोण सभा जस्ता कार्यक्रम गर्न नपाईने स्थानीय निर्वाचन आयोग भाेक्राहा नरसिंह गाउँपालिका कार्यालयले जनाएको छ ।
चुनावी अभियानका लागि घरदैलो कार्यक्रमका सहभागी हुन साथै मतदातालाई प्रभावित पार्ने खालका कुनै पनि काम मौन अवधिभर गर्न नपाईने भाेक्राहा नरसिंह गाउँपालिकाका निर्वाचन अधिकृत माेहन बहादुर अधिकारीले जानकारी दिए । आचार संहिता अनुगमन समितिको बैंठकमा निमन्त्रण गरिएका दलका प्रतिनिधिहरुसँगको अन्तक्रियामा बोल्दै अधिकृत अधिकारीले मौन अवधि सुरु भएपछि उम्मेद्वारले अनुमति लिएरै पनि कुनै पनि सवारी साधन समेत चुनावी प्रचारको लागि प्रयोग गर्न नपाउने बताए ।
उनलेे भने कुनैपनि उम्मेदवारहरूले सवारी अनुमती लिएको भन्दा बढी सवारीसाधन प्रयाेग गर्न पाउने छैन् ।
उता घरदेखि मतदान केन्द्र सम्म अशत्त अपांगलाई अनुमति लिएर ल्याउन लान सकिने भएता पनि अन्य प्रयोजनका लागि सवारी साधन पुर्णत प्रतिवन्धित हुने स्थानीय निर्वाचन अधिकृतको कार्यलय भाेक्राहा नरसिंह गाउँपालिका कार्यालयले जनाएको छ ।
Discussion about this post