चिराैली / हिजो साेमबार नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार महेन्द्र प्रसाद यादव द्वारा निकालिएको जुलुस तथा रैलिमा सहभागी भएका मध्ये एक जना नबालककाे मृत्यु भएको छ ।
भोक्राहा नरसिंह वडा नं. ८ निवासी हारुन मियाँको छोरा १७ वर्षीय तबरेज मियाँको मृत्यु भएको हुँदा प्रेस विज्ञप्ति मार्फत मृतकको परिवारजन प्रति जनता समाजवादी पार्टी नेपाल भोक्राहा नरसिंह गाउँकार्य समिति हार्दिक समबेदना व्यक्त गरेको छ ।
साथै नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार महेन्द्र प्रसाद यादवले निर्वाचन आचार संहिता २०७८ को दफा १२ (ट) को ठाडो उल्लंघन गरी १८ वर्ष मुनीका बालबालिकाहरुलाई प्रयोग गरेको र सो जुलुसमा नबालकको मृत्यु समेत भएको हुँदा उक्त घटनाको जिम्मेवार पक्षलाई कडा भन्दा कडा कारवाही गर्न जसपा नेपाल भाेक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष एंव गाउँपालिका अध्यक्ष पदका उम्मेदवार महेन्द्र प्रसाद यादव(सानाे) ले माग गरेका छन् ।
Discussion about this post