लौकही । नेपाली काङ्ग्रेसले कोसी गाउँपालीकामा आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित लौकहीमा शक्ति प्रदर्शन गरेको छ । नेपाली काङ्ग्रेस कोसी गाउँपालीका कार्य समितिले मंगलबार आयोजना गरेको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीका कृयासिल सदस्यसहित पाँचहजार बढीको सहभागिता रहेकोे थियो । सुनसरी क्षेत्र नम्बर ४ का संघीय सांसद,नेपाली काङ्ग्रेस पार्टीका केन्द्रिय सदस्य तथा सूचना प्रविधि तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति तथा कोसी गाउँपालीका अध्यक्ष पदको उम्मेदवार ऐयुब अन्सारी,उपाध्यक्ष पदको उम्मेदवार अनिता यादव,केन्द्रिय महाधिवेशन प्रतिनिधिहरु अबुल हुसेन अन्सारी,प्रमोद खेरवार, फरिदा खातुन,सदानन्द मण्डल, रेवतीरमण दुलाललगायतका नेताहरुको उपस्थिति रहेकोे थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता समेत रहेका कार्कीले सुशासन, विकास र समृद्धिको नेपाली काङ्ग्रेस अर्को कुनै विकल्प नरहेको बताए । देशमा सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दिगो हुन नसक्ने भएकाले वर्तमान सरकारले राजनीतिकलाई पेशा नभई सेवाको भावले काम गरिरहेको उनको भनाइ छ । वर्तमानका लागि मात्रै नभई भावि पुस्तालाई विकसित मुलुकको नागरिक बनाउने, भाषणमा मात्रै नभई व्यवहारमा विकास, सुशासन र समृद्धिको अनुभुति दिलाउने र आफ्नै गाउँघरमा स्वरोजगार सृजना गरि देशलाई समृद्ध बनाउन काङ्ग्रेस बाहेक अर्को विकल्प नभएको मन्त्री कार्कीको भनाइ छ ।
निर्वाचनमा जित्नेलाई कुर्सीमा बस्ने मात्रै नभई देशलाई, गाउँलाई र प्रदेशलाई समृद्धि तर्फ लानका लागि भएकाले स्वतन्त्र, निर्भिक र भयरहित वतावरणमा योग्य उम्मेदबारलाई जिताउन आग्रह उनले आग्रह गरे । यो मुलुकलाई विकास,कानुनी शासन, सुशासन र समृद्धिको बाटोमा लानका लागि आन्तरिक समस्यालाई समन्वय गरि समाधान गरि विभेद रहित तबरले काम गर्नुपर्ने बेला आएको र त्यसमा वर्तमान सरकारले प्रतिवद्ध भएर लागिपरेको मन्त्री कार्कीको भनाइ छ । दक्षिण एसियाको विकसित मुलुकको सुचीमा नेपाललाई सृचिकृत गर्न नेपाली काङ्ग्रेसको सरकार आवश्यक रहेको समेत उनले बताए । समान्तालाई भाषणलाई मात्रै नभई सबै विपन्न, दलित, सिमान्तकृत सहित सबै नागरिकलाई खुसी, सुखी र समृद्ध बनाउनका लागि नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले काम गरिरहेको बताउदै मन्त्री कार्कीले स्थानीय तहको निर्वाचन सहित प्रदेश र संघीय निर्वाचन पछि तीनै तहमा नेपाली काङ्ग्रेसको सरकार बन्ने दाबी गरे । उनले भने विगतको एमाले सरकारले देशको विकास भन्दा विनासको गतिमा लगेको र अझैसम्म सोही सरकार भएको भए अहिले श्रीलंकाको हालतमा नेपाल पुग्ने अवस्था आउने थियो, तर ओली सरकर वहिरगमन भएकाले जोगिएको हो । मन्त्री कार्कीले विकासको भिजन नभएका एमालेको सरकारले गर्दा जनतामा उत्साह आउन नसकेकाले त्यसमा वर्तमान गठबन्धन सरकारले उत्साह ल्याउन प्रयास जारी राखेको बताए ।
देशभरका स्थानीय तहमा एकसाथ वैशाख ३० गते भईरहेको स्थानीय तह निर्वाचनलाई राष्टिय पर्व र उत्सवका रुपमा लिन मतदाताहरुलाई आग्रह गर्दै मन्त्री कार्कीले निर्भिक भएर मतदान आग्रह गर्दै कुरा गर्ने भन्दा काम गर्नेलाई व्यक्तिलाई मतदान गर्न उनको सुझाव छ । यसैबीच कोशी गाउँपालिकाको नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदबार ऐयुव अन्सारीले विकासमा मुहार फेर्ने काम र विगतको घोषणा पत्र भन्दा बढी काम गरेको तर पनि केही अधुरा कामहरुलाई पुरा गर्न पुनः उम्मेदबार भएकाले जनताले जिताउने आफू आशावादी रहेको बताए । विकासबाट प्रभावित भएकाहरुले विगतको भन्दा धेरै बढी मतले जिताउने बताउदै उनले आफूले पाँच वर्षको अवधिमा जनताको मर्म र भावनाअनुसार चौतर्फी विकास निर्माणकार्य गरेको बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले कोसी गाउँपालीकामा विगत पाँच वर्षको अवधिमा भएको विकास निर्माणकार्यले काङ्ग्रेसको जित सुनिश्चित रहेको बताएका थिए । गाउँपालीका विकासको गतिमा अगाडी बढिसकेकाले पुनः एक पटक कोसीमा ऐयुब अन्सारी सत्तामा पुग्नु पर्ने स्थानीयले बताएका छन् । स्वच्छ छवि, जनप्रिय र विकासप्रमी उम्मेदवार अन्सारी मात्रै भएकाले आफुहरुले काङ्ग्रेसलाई नै विजयी गराउने स्थानीयको भनाई छ ।
Discussion about this post