चिराैली । स्थानीय तह निर्वाचन २०७९ मा भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले जसपा नेपाललाई समर्थन गरेका छन् ।
भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकाे तर्फबाट अध्यक्ष पदकाे उम्मेदवार नरहेका कारण जसपा नेपालबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका महेन्द्र प्रसाद यादवलाई समर्थन गरेको नेकपा गाउँ कमिटी अध्यक्ष हेमनारायण मण्डलले जानकारी दिए ।
नेकपा गाउँ कमिटी अध्यक्ष मण्डल भाेक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार हुन् ।
उनले भने हाम्रो पार्टीमा अध्यक्ष पदमा उम्मेदवारी नपरेकाले जसपा नेपालकाे तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका महेन्द्र प्रसाद यादवलाई अध्यक्ष पदमा सघाउने बाँकी पदमा आफ्नो पार्टीकाे तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरूलाई सघाउन गाउँ स्तरीय पार्टीका नेता तथा कार्यक्रताहरूलाई निर्देशन दिएको बताए ।
उता जसपा नेपाल भाेक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष एंव गाउँपालिका अध्यक्ष पदका उम्मेदवार महेन्द्र प्रसाद यादवले भने नेकपा माओवादी केन्द्रकाे तर्फबाट अध्यक्ष पदकाे उम्मेदवार नरहेका कारण हामीलाई सघाउन प्रतिवद्वता व्यक्त गरेका नेकपा माओवादीले समर्थन गरेको कारण आफ्नो पार्टी बलियो भएको कथन छ ।
उनले भने जसपा नेपालीले गाउँपालिका अध्यक्ष , उपाध्यक्ष तथा वडाध्यक्ष पदमा हाम्रो पार्टीले जितेपछि कार्यपालिका सदस्यीयमा नेकपा माओवादी केन्द्रलाई केही सदस्यलाई कार्यापालिका सदस्यमा मनाेनित गर्ने सहमति समेत भएको जानकारी दिए ।
Discussion about this post