इनरूवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाको एक वडामा राप्रपाको प्यानल नै विजयी भएको छ ।
भाेक्राहा नरसिंह गाउँपालिका वडा नं १ को वडाध्यक्षमा राप्रपाका लक्षमण मेहता विजयी भएका हुन् । उनी सहित प्यानलै निर्वाचित भएका छन् । १ हजार ९० मत ल्याएर मेहता अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत माेहन बहादुर अधिकारीले जानकारी दिए ।
उक्त वडामा २ हजार ४ सय ७१ मत खसेकोमा मेहताका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज दाहालले ५ सय ४७ मत ल्याए। सदस्यहरूमा राप्रपाकै , अकुल महताे, अमजाद मिँया, सरिता उराँव र दलित महिला सदस्यमा आरति देवी शर्मा निर्वाचित भएका छन् ।
Discussion about this post