चौधरीले २९६४ मत ल्याउँदा कांग्रेसका महेश दत्तले २२७४ मत प्राप्त गरेका छन् । उपाध्यक्षको उम्मेदवारमा पनि नेकपा एमालेले पकड कायम राखेको छ । एमालेबाट उपाध्यक्षकी उम्मेदवार अनिता साहले २५२६ मत ल्याउँदा कांग्रेसकी राजकुमारी चौधरीले २४६५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गढीले जनाएको छ ।
यता बर्जु गाउँपालिकामा पनि एमालेकै उम्मेदवारले अग्रता लिइरहेका छन् । बर्जुमा एमालेका जिवछ कुमार रायले वडा नं. १ र २ बाट २१६२ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी कांग्रेसका रघुनन्दन चौधरीले २ वटा वडाबाट १४७६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेका नितु चौधरीले २०५७ मत प्राप्त गर्दा कांग्रेसकी संगीता रायले १४८१ मत प्राप्त गरेकी छन् ।
बर्जुको वडा नं. १ र २ को वडाध्यक्षमा नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन् । बर्जु वडा नं. १ मा ९१६ मत ल्याएर दीलबहादुर गुरुङ विजयी भए । उनका प्रतिष्पर्धी कांग्रेसका मनोज गच्छदारले ६८९ मत प्राप्त गरे । यता बर्जु वडा नं. २ को अध्यक्षमा एमालेका महेन्द्र प्रसाद मेहता १३०३ मत ल्याएर विजयी भए । उनका प्रतिष्पर्धी कांग्रेसका आनन्द यादवले ७४५ मत प्राप्त गरे ।
यता सुनसरीकै दुहबी नगरपालिकामा पनि नेकपा एमालेले अग्रता कायम राखिरहेको छ । नगर प्रमुखमा एमालेका विनय पोखरेलले कांग्रेसका बेदनारायण गच्छदारलाई उछिनेका छन् । मतगणनाको सुरुवातमा गच्छदारले अग्रता बनाएपनि अहिले पोखरेल अगाडी छन् ।
दुहबी, बर्जु, गढी पालिका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको पकड क्षेत्र हो । चार दशकदेखि सामदाम दण्ड भेद प्रयोग गरी यो क्षेत्रमा गच्छदारले विरासत कायम गरेपनि योपल्टको स्थानीय तहकै निर्वाचनमा धरासायी भए । ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित भएर भ्रष्टाचारको मुद्दामा सांसद पदबाट समेत निलम्बीत भएपछि गच्छदारको राजनीति अवसान उन्मुख भएको छ ।
Discussion about this post