मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिक वडा नं.९ स्थित सत्ती भन्सार कार्यालय खक्रौलाको गस्ती टोलीले आठ लाख बराबरको अबैध सामान पक्राउ गरेको छ । गए राती करिब १० बजे खक्रौलाघाटबाट दुई अटो रिक्सा सहित हाडबेयरका सामान र मोटरपार्टस लगायतका सामान बरामद गरिएको सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख बिमल कुमार शाहले जानकारी दिए । से १ ह २७१७ र सु.प.प्र ०१ ००१ ह ३०४९नम्बरको अटो अबैत्ररुपमा नेपाल भित्र्याउदै गरेको अवस्थामा मोटरपार्टस र हाडबेयरका सामान बरामद गरि कारबाही प्रक्रिया अगाडी बढाएको भन्सार प्रमुख शाहले जानकारी दिए । २ लाख ४ हजार ४ सय ५० बराबरको मालसामान रहेको छ भने दुई वटा अटो रिक्सा ६ लाख बराबरको गरि लाख ४ हजार ४ सय ५० बराबरको रहेको भन्सार प्रमुख बिमल कुमार शाहले जानकारी दिएका छन । केही दिन यता कैलालीका विभन्न क्षेत्रमा चोरी तस्करी बढेपछि भन्सार राजस्वमा गिरावट आएको छ र चोरी तस्करी नियन्त्रणका लागि भन्सारले आफ्नो गस्तीलाइ तिब्रता दिएको पाईन्छ । नदीमा पानीको सतह कम भई पैदल आवतजावत भएकोले र भन्सारका बारेमा अफवहा फैलाएका कारण पनि चोरी तस्करी बढेको भन्सार प्रमुखको भनाई रहेको छ । सत्ती भन्सारको राजस्व संकलनमा महिनै पिच्छे कमि हुदै गएको पाईन्छ । सत्ती भन्सार कार्यालय खक्रौलाले चालु आर्थिक वर्षको श्रावन महिनामा १ करोड ७२ लाख १५ हजार राजस्व संकलन गर्न सफल भएको छ भने भाद्र महिनामा १ करोड ९० लाख ९ हजार, असोजमा १ करोड २० लाख २२ हजार, कार्तिकमा १ करोड ९ लाख १५ हजार, मंसिर महिनामा १ करोड १३ लाख ४० हजार, पुष महिनामा ६९ लाख ४५ हजार , माघ महिनामा ६१ लाख ५२ हजार, फाल्गुन महिनामा ७३ लाख ८१ हजार चैत्र महिनामा ५४ लाख ६९ हजार र बैशाख महिनामा ५८ लाख ४७ हजार राजस्व संकलन भएको सत्ती भन्सार कार्यालयका नायब सुव्वा तुलसी प्रसाद चौधरीले जानकारी दिएका छन ।
Discussion about this post