सुनसरी । सुनसरीको १२ मध्ये ८ स्थानीय तहमा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ ।
सुनसरीको ३ स्थानीय तहमा नेकपा एमाले र एक स्थानीय तहमा जनता समाजवादी पार्टीले अग्रता कायम राखेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिकाको मतगणना जारी रहँदा प्रमुख पदमा लोकतान्त्रिक बाम गठबन्धनका नगर प्रमुखका नेपाली काँग्रेसबाट उम्मेदवार किशोर राई ५६९० र उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम बेघा ६३८८ मत सहित अग्र स्थानमा हुनुहुन्छ । नेकपा एमालेका मञ्जु भण्डारी सुबेदीले ५००३ तथा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५०८८ मत पाउनुभएको छ ।
धरान उपमहानगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्षमा यज्ञमणि आचार्य ७५७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी राप्रपाका रोशन अधिकारीले ७०३ मत प्राप्त गर्नुभयो ।
धरान उपमहानगरपालिका–२ मा नेकपा एमालेका रमेश राई वडा अध्यक्षमा विजयी हुनुभएको छ ।
त्यस्तै धरान–३ मा गठबन्धनबाट नेपाली काँग्रेसका विद्या शाक्य १०८० मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभएको छ ।
धरान–४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । सोमबार बिहानको मतगणनाको नतिजा अनुसार वडाध्यक्षमा नेकपा एमालेबाट धनबहादुर राईले ८२६ मत ल्याएर विजयी हुनुभएको छ ।
यसैबिच इटहरी उपमहानगरपालिकामा पनि गठबन्धनको प्यानलले अग्रता कायम राखेको छ । इटहरीमा गठबन्धनका नगर प्रमुख उम्मेदवारले अग्रता लिँदा उपमेयरमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।
मत गणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ९,३३७ मतले अग्रता लिनुभएको हो । एमाले उम्मेदवार याम सुब्बाले उहाँलाई पच्छ्याई रहनुभएको छ । उपप्रमुख पदमा एमालेकी सङ्गीता चौधरीले अग्रता लिनुभएको छ ।
हरिनगर गाउँपालिकामा पनि नेपाली काँग्रेसका उम्मेदवार गफार अन्सारीले अग्रता कायम राख्नुभएको छ ।
त्यसैगरी इनरुवा नगरपालिकामा नेपाली काँग्रेसका केदार भण्डारीले ५९८७ मत सहित अग्रता कायम राख्नुभएको छ भने वहाँलाई एमालेका सरोज पोखरेलले ४८८२ मल सहित पच्छयाईरहनुभएको छ ।
जिल्लाको कोशी गाउँपालिकामा नेपाली काँग्रेसका ऐयुव अन्सारीको अग्रता कायम रहेको छ । जसपाका देवकृष्ण यादवले पच्छयाईरहनुभएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकामा पनि नेपाली काँग्रेसका अजमल अख्खर अजादले ४ हजार १३ मतका साथ अग्रता कायम राख्नुभएको छ । भने नेकपा एमालेका महेन्द्रप्रसाद यादवले पच्छयाईरहनुभएको छ ।
त्यसैगरी सीमावर्ती देवानगञ्ज गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार बेचन प्रसाद मेहताले ५५०४ मल सहित अग्रता लिनुभएको छ भने वहाँलाई नेपाली काँग्रेसका उम्मेदवार श्यामलाल मेहताले पच्छयाईरहनुभएको छ ।
दुहबी नगरपालिकाको ताजा परिणाम अनुसार नगर प्रमुख पदका नेकपा एमालेका उम्मेदवार विनय पोख्रेल अगाडी देखिनुभएको छ । पोख्रेलले ४ हजार ९ सय २० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वेद नारायण गच्छदारलाई ४ हजार ८ सय ५५ मत प्राप्त भएको छ ।
उपप्रमुखमा नेपाली काँग्रेसका मेनुका खतिवडाले ४ हजार ५ सय १५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट सरोज सिंहले २ हजार ४ सय १२ मत प्राप्त गरेका छन् ।
गढी गाउँपालिका तथा बर्जू गाउँपालिकामा भने नेकपा एमालेले अग्रता लिएको छ ।
Discussion about this post