चिराैली ।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बिजयी भएका छन् । नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सुनिता उराँव विजय भएका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार अजमलले ४ हजार ९ सय ९३ मत र उपाध्यक्ष उराँवले ४ हजार २ सय ४६ मत प्राप्त गरी विजय भएको निर्वाचन अधिकृतको कार्यालयले जनाइएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार अजमलका प्रतिद्धन्द्धी नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार महेन्द्र प्रसाद यादवले ३ हजार ६ सय ५५ मत र उपाध्यक्षका उम्मेदवार २ हजार ८ सय ७९ मत प्राप्त गरेर पराजित भएका हुन् ।
Discussion about this post