शुभ नारायण यादव /सप्तरी ।
सप्तरीमा सिके राउत नेतृत्वको जनमत पार्टीले खाता खोलेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनता समाजवादी पार्टीलाई पराजित गर्दै जनमत पार्टी विजयी भएको हो । जनमत पार्टीबाट मेयर पदका उम्मेदवार विरेन्द्र माझी विजयी भएका हुन् ।
उनले २३९ मतको अन्तरले मधेश प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा तथा निवर्तमान मेयर शैलेश कुमार साहलाई पराजित गरी विजयी भएका हुन् ।
माझीले ६४०७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी साहले ६२४६ मत प्राप्त गरेका छन् ।
तेश्रोमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राहुल कुमार मण्डलले ३८७३ मत ल्याएका छन् ।
जनमत पार्टीले देशमै जितेको पहिलो नगरपालिका हो ।
यस अघि २०७४ को स्थानीय निर्वाचनमा निवर्तमान मेयर साह तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट निर्वाचित भएका थिए ।
पछि पार्टी एकता र विभाजन पश्चात मन्त्री साह पद जोगाउन छोरासहित कित्ता परिवर्तन गरी जसपामा लागेका थिए ।
सो नगरपालिकामा उपमेयरमा भने जसपाकै सरिता देवी यादव विजयी भएकी छन् ।
उनले ६५१२ मत पाएकी छन् भने उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीकी रेखादेवी मण्डल ५९८२ मत पाएकी छन् ।
Discussion about this post