मधेश प्रदेशमा दोश्रो महिला मेयरमा निर्वाचित भएका छन् ।
सप्तरीको सुरूङगा नगरपालिकाको मेयरमा गीता चौधरी निर्वाचित भएकी छन् ।
काँग्रेसकी उम्मेदवार चौधरी ३ हजार बढी मतान्तरले नेकपा एकीकृत समाजवादीका रामनारायण चौधरीलाई पराजित गर्दै विजयी भएकी हुन् ।
गीताले ७ हजार २९२ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्दी एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार, ११७ मत मात्र ल्याउन सके ।
तेश्रो नम्बरमा जनता समाजवादीका साबीर अलीले ३ हजार ६६८ मत मात्र ल्याए ।
यस्तै उपमेयरमा काँग्रेसकै रुद्रबहादुर कार्की निर्वाचित भएका छन् । उनले ६ हजार २७५ मत ल्याएका छन् । एमालेकी सलीम कुमारी पासवानले २ हजार १०३ मत मात्र ल्याउन सकिन् ।
तेश्रो नम्बरमा माओवादी केन्द्रका शिव कुमार रामले २ हजार ४६७ मत ल्याएका छन् ।
गीता चौधरी मेयरमा निर्वाचितसंगै मधेश प्रदेशमा दुईजना महिला मेयर भएकी छन् । रौतहटको मौलापुर नगरपालिकामा नेकपा एमालेबाट पुनः रिनाकुमारी साह निर्वाचित भएकी छन् ।
उनी एमाले नेता प्रभु साहकी श्रीमती ह्न् । यस अघि २०७४ को निर्वाचनमा साह माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएकी थिइन् ।
Discussion about this post