शुभ नारायण यादव /सप्तरी । सप्तरीको छिन्नमस्ता गाउपालिकामा जारि मत गणनाकाे मत परिणाम अनुसार सबैभन्दा बढि मत ल्याएर अहिले सम्म लाेसपा नेपाल अगाडि देखिएको छ । पछिल्लो मत परिणाम अनुसार लाेसपा नेपालका छिन्नमस्ता गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार विघान्नद चाेधरिले १ हजार ७ सय ७६ मत ल्याएर अग्र स्थानमा रहेकाे छ । छिन्नमस्ता गाउपालिका वडा न.१ ,२ र ३ काे मत गणना सम्पन पश्चातकाे मत परिमाण अनुसार लाेसपा नेपालका चाैधरी पहिलाे स्थानमा रहेका छन् भने निकटतम प्रतिद्वन्दीकाे रुपमा जनता समाजवादि पार्टीका सत्य नारायण यादवले १ हजार २ सय ८५ मत ल्याएका छन । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार बिनाेद कुमार यादवले १ हजार ३४ मत ल्याएर तेस्रो स्थानमा रहेका छन । यसैगरी नेपाल सदभावना पार्टीका अध्यक्ष पदका उम्मेदवार तथा निवर्तमान अध्यक्ष सुर्य नारायण मण्डल कुरुडले हाल सम्ममा ५८३ मत ल्याएका छन भने जनमत पार्टीका भुवनेश्वर मण्डल बेलचनले २२४ , नेपाली काङ्ग्रेसका उम्मेदवार कुलान्नद यादवले ७२८ तथा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र यादव दिप्पुले ३७४ मत ल्याउन सफल भएको छ । छिन्नमस्ता गाउँपालिकामा हाल सम्ममा कुल १३ हजार मत खसेकाे मध्ये १ हजार ७ सय ६९ मत गणना भएको तथा बाकि मत गणना कार्य भइरहेको निर्वाचन कार्यालय सखडाले जनाएको छ । यसअघि छिन्नमस्ता गाउपालिका वडा न. १ का नेकपा माओवादीका ललन यादव लाल , वडा न.२ मा जनमत पार्टीका सिकिन्द साह र वडा न. ३ मा जसपा नेपलबाट विजय कुमार यादवले ८९२ मत ल्याएर वडाअध्यक्षमा बिजयि भएको छ । छिन्नमस्ता गाउपालिकाकाे वडा न.४,५,६ र ७ मा मतगणना कार्य जारि रहेकाे निर्वाचन कार्यालय छिन्नमस्ताले जनाएकाे छ ।
Discussion about this post