मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डङ्गौरा थारु निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गरेर उनी प्रमुखमा विजयी भएका हुन । मेयरमा निर्वाचित थारु आबद्ध पार्टीलार्ई रेशम चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीले नेतृत्व गरिरहेकी छन । केही महिना अगाडिमात्रै यो पार्टी दर्ता भएको थियो। उपमेयरमा भने नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विश्वकर्मालाई पराजित गरेर नेकपा (माओवादी केन्द्र) का खडकबहादुर शाह विजयी भएका छन् । वडा अध्यक्षमा माओवादी केन्द्रले चार, नेपाली काङ्ग्रेस र नागरिक उन्मुक्ति पार्टीले तीन/तीन वटा जितेका छन् । एक वटा वडा नेकपा एमालेले जितेको छ । टीकापुरनगरपालिका वडा न १ मा एमालेका माेहन बि क बिजय भएका छन भने अन्य ४ जना वडा सदस्य नागरिक उन्मुक्ति पार्टीका बिजय भएका छन । त्यसैगरी वडा न २ मा २ सदस्य सहित नेपाली काङ्ग्रेस का दिपक चाैधरी बिजय भएका छन भने २ जना सदस्मा नागरिक उन्मुक्ति पार्टीका बिजय भएका छन भने वडा न ३ मा पनि २ सदस्यीय नेपाली काङ्ग्रेस का ऋषि श्रीपाईली बिजय भएका छन भने २ जना नेकपा माओवादी केन्द्रका बिजय भएका छन । वडा न ४ मा नागरिक उन्मुक्ति पार्टीका लालबिर चाैधरी सहित पूरा प्यानल बिजय भएका छन भने वडा न ५ मा पनि पूरा प्यानल सहित नागरिक उन्मुक्ति पार्टीका बलबिर चाैधरीले बिजय भएका छन ।६ न वडा मा नेपाली काङ्ग्रेस का बलिराम चाैधरीकाे पूरा प्यानल बिजय भएकाे छ । नगरपालिकाकाे ७ न वडा मा नेकपा माअाेबादीका यज्ञ प्रसाद न्याैपाने बिजय भएका छन भने सदस्यमा ४ जना नागरिक उन्मुक्ति पार्टीका बिजय भएका हुन। वडा न ८मा नेकपा माअाेबादीका दिर्घ बहादुर ठकुल्लाकाे प्यानल बिजय भएका छन भने वडा न ९मा पनि नेकपा माओवादी केन्द्र का लाैटन चाैधरीकाे प्यानल बिजय भएकाे छ ।
Discussion about this post