शुभ नारायण यादव सप्तरी । सप्तरीमा अबेध हतियार सहित एक युवक पक्राउ परेकाे छ । सशस्त्र प्रहरी बल नेपाल ६ न. गण हेड क्वाटरबाट खटिएको टाेलिले विशेष सुराकिकाे आधारमा अबेध हतियार सहित एक युवकलाइ पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका वडा न.१ का २६ बर्षिय रन्जित कुमार मण्डल रहेकाे सशस्त्र प्रहरी बल नेपाल ६ न. गणले जनाएको छ । सशस्त्र प्रहरीकाे टाेलिले गाेप्य सुचनाकाे आधारमा जिल्लाकाे हनुमाननगर कङ्कालिनि नगरपालिका वडा न.१ भारदह स्थित काेशि ब्यारेज देखि ६०० मिटर उतर तर्फ रहेकाे गाेल घरबाट उनलाई पक्राउ गरेकाे बताउनुभयो । उनकाे साथबाट मेड इन युएसए ७.६५ MM राउन्ड ९ मिमि ब्राउनिङ नाम नखुलेकाे अटाेमेटिक पेस्तोल छ राउन्ड गाेलि लाेड गरेकाे अवस्थामा फेला परेकाे सशस्त्र प्रहरीले जनाएको छ। यता पक्राउ परेका युवक तथा अबैध हतियारलाई आवश्यक अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post