रन्धिर यादव/लहान। सिराहाको लहान नगरपालिकामा गठबन्धनले जीत हासिल गरेकाे छ । भने गठबन्धन नेकपा एमालेलाई कडा झट्का दिएको छ।नेकपा एमालेका गढ मानिने लहान नगरपालिमा नेपाली कांग्रेस ,जनता समाजवादी पार्टी,नेकपा माओवदील को संयुक्त गठबन्धनबाट नगर प्रमुखमा नेपाली कांग्रेसका का उमेदवार महेश चौधरी १५९२३ मत ल्याएर जीत हासिल गर्नुभएको छ भने उसका प्रतिद्धन्दि रहेका नेकपा एमाले का उमेदवार मुनि शाह लाई ९४२९ मत ल्याएर हार को सामना गर्नु परेको छ। त्यसैगरी उपप्रमुख मा जसपा का उमेदवार रमचलितर महतो निर्वाचित हुनुभएको छ भने नेकपा एमालेका उमेदवार सरियार चौधरी ३४२४ मत ल्याएर हारको सामना गर्नुपरेको छ। एमालेका गढ मानिने लहान नगरपालिकामा गठबन्धनको जीत भएपछि गठबंधन निर्माण का चाडक्य मानिने नेता क.हेमन्त यादव आफूहरुको गठबन्धन सफल भएको बताउनुहुन्छ ।
Discussion about this post