रन्धिर यादव/लहान । सिराहा को लहान नगरपालिकामा गठबंधन ले जीत हासिल गरेर एमाले लाई कडा झट्का दिएको छ।नेकपा एमालेका गढ मानिने लहान नगरपालिकामा संयुक्त गठवन्धन नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र पार्टी तर्फबाट लहान नगरपालिका मेयरको पदमा नेपाली कांग्रेसबाट श्री महेश चौधरी तथा उपमेयरको जनता समाजवादी पार्टीबाट पदमा श्री रामचलितर महतो निर्वाचित हुनुभएको छ । लाहान गठवन्धन निर्माणमा चाणक्य मानिने नेता हेमन्त यादव गठबंधन सफल भएको बताउनुहुन्छ। प्रमुखमा नेपाली कांग्रेसका का उमेदवार महेश चौधरी १५९२३ मत ल्याएर जीत हासिल गर्नुभएको छ भने उसका प्रतिद्धन्दि रहेका नेकपा एमाले का उमेदवार मुनि शाह लाई ९४२९ मत ल्याएर हार को सामना गर्नु परेको छ। त्यसैगरी उपप्रमुख मा जसपा का उमेदवार रमचलितर महतो निर्वाचित हुनुभएको छ भने नेकपा एमालेका उमेदवार सरियार चौधरी लाई ३४२४ मत ल्याएर हारको सामना गर्नुपरेको छ। एमालेका गढ मानिने लहान नगरपालिका मा गठबंधन को जीत भएपछि चौतर्फी चर्चाको को विषय बनेको छ । गठबंधन निर्माणमा अहम भूमिका निर्वाह गर्नुभएका क.हेमन्त यादव एक सक्षम नेताको रूपमा परिचित हुनुभएको छ ।
Discussion about this post