महेश सिंह /सिरहा – स्थानिय निर्वाचनमा चुनावी मैदानमा सिरहाको धनगढीमाई नगरपालिकाबाट नेपाली काङ्ग्रेसबाट मेयर पदका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका जिल्ला सभापति राम चन्द्र यादवले नगरवासीलाई कृतज्ञता व्यक्त गर्न घर घर जाने गरेका छन्।आफू पराजित भए पनि जनताको सेवामा सदैब रहने छु उनले बताए।
लामो समय देखि राजनीतिक याताको अनुभव बटुलेका यादव निर्वाचनको क्रममा उनलाई आफ्ना अमूल्य मतदान गरी साथ सहयोग र सदभाव देखाउनु हुने सम्पूर्ण मतदाताहरु प्रति हार्दिक आभार प्रकट गर्नु भएको छ। साथै चुनावी अभियानमा उनलाई प्रत्यक्ष्य र अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण मानुभाव र शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गर्नु भएको छ।
यादवले उनको पक्षमा आएका जनमतको कदर गर्दै आगामी दिनमा सामाजिक वेथिति,कुरीति र विसंगति विरुद्ध सामाजिक कार्यमा अझ शस्क्त भएर अघि बढ्ने सबैमा विश्वास दिनु भएको छ।भयरहित र सुशासन सहितको समृद्ध तथा भ्रष्टाचार मुक्त समाज निर्माण गर्न तत्पर रहेको भन्दै निर्वाचित सबैलाई सफल कार्यकालको शुभकामना समेत दिनु भएको छ।आफू पराजित भए पनि सदैब जनताको सुखदमा साथ रहने छु उनले बताए।
Discussion about this post