सुनसरी । सप्तकोशीमा बिहीबार साँझ खसेको बसबाट २० जनाको सकुशल उद्धार गरिएको छ।
विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साँझ ६ बजेतिर सप्तकोशीमा खसेको थियो।
सप्तकोशीको ३५ नम्बर ढोकाबाट पानीमा खसेको बसबाट २० जनालाई सकुशल बाहिर निकालिएको सुनसरी प्रहरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए। ‘अहिलेसम्म २० जना नै भन्ने कुरा आएको छ,’ उनले भने, ‘कति यात्रु थिए भनेर यकिन गर्ने काम भइरहेको छ।’
उनका अनुसार प्रहरी टोली अहिलेपनि घटनास्थलमै रहेको र उद्धार गरिएका धेरैजसोलाई अस्पताल पठाएकाले गर्दा संख्या यकिन गर्न समय लागेको हो।
बसले सप्तकोशी ब्यारेजको रेलिङ् तोडेर नदीमा खसेको थियो। अहिले पानीको बहाव कम गर्न लगाएर बसलाई पनि निकाल्ने काम भइरहेको एसपी रेग्मीले बताए।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले अहिलेसम्म २० जना नै रहेको र तिनीहरू सबैको उद्धार भएको जनाए। ‘अरु अपवाद नभए सबैको उद्धार गरि सकिएको छ,’ उनले नागरिक न्युजसँग टेलिफोनमा भने, ‘अहिलेसम्म पनि हाम्रो टोली घटनास्थलमै छ। सबैको सकुशल उद्धार गरि सकिएको छ।’
यात्रुको उद्दारमा सुनसरी र सप्तरीका प्रहरी परिचालन भएका थिए।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post