शुभ नारायण यादव/ सप्तरी । यहि बेशाख ३० गते सम्म स्थानीय तह निर्वाचन अन्तरगत सप्तरीको छिन्नमस्ता गाउँपालिकाकाे सपथ तथा पदभार ग्रहण कार्यक्रम यहि जेष्ठ १२ गते बिहिबार भव्यता पुर्वक मनाउने भएको छ । छिन्न्मस्ता गाउँपालिकाका नव निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमका बिच गाउँपालिकाका नव निर्वाचित अध्यक्ष बिघानन्द चाैधरीले प्रमाण पत्र वितरण गर्दे अगामि जेष्ठ १२ गते बिहिबार भव्यता पुर्वक सपथ तथा पदभार ग्रहण गर्ने कार्यक्रम रहेकाे जानकारी दिनुभयाे । अगामि जेष्ठ १२ गते बिहान १० बजेदेखि गाउँपालिका भवनकाे प्राङ्गणमा आयाेजना हुने उक्त पदभार ग्रहण कार्यक्रम नया नाेलाे तरिकाबाट गर्ने गाउपालिकाका अध्यक्ष चाेधरिले जानकारी दिए । उक्त पदभार कार्यक्रममा गाउँपालिकाका नव निर्वाचित पदाधिकारिका साथै सम्पूर्ण प्रतिद्वन्दी , निवर्तमान ,वर्तमान कार्य समितिका साथे जिल्ला भरिका सम्पूर्ण सराेकारबाला निकाय , सम्पूर्ण राजनितिक दलका प्रतिनिधि , विभिन्न सङ्घ सस्थाका प्रतिनिधि , बेङ्क तथा बितिय सङ्घ संस्थाका प्रतिनिधि , पत्रकार , अधिकारकर्मिका साथै गाउँपालिकासग सराेकार राख्ने व्यक्ति तथा गाउँपालिकाभरिमा रहेका बुद्धिजीवी समेतलाई सम्मान गर्ने जनाएको छ । त्यस्तै गाउँपालिकासग सराेकार राख्ने सम्पूर्ण निकायका साथै मदरसा , निजि तथा सामुदायिक विघालयका प्रअ तथा प्रतिनिधि समेतलाई सम्मान गर्ने जनाएको छ । उक्त कार्यक्रमकाे तयारि भव्य रुपमा भइरहेको गाउँपालिकाका नव निर्वाचित अध्यक्ष बिघानन्द चाैधरीले जानकारी दिनुभयाे ।
Discussion about this post