इनरुवा । नेपाली काग्रेंसका युवाहरूले चुनाव हराउने, अन्तर्घात गर्ने र पार्टीको जिम्मेवारी पूर्ण रुपमा निर्वाह नगर्नेहरूलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
सुनसरी इनरुवामा नेपाली काग्रेंसले १० वटै वडा जित्ने अवस्था भएपनि केहीले आफ्नो व्यक्तिगत स्वार्थका कारणले बागी उम्मेदवार उठाएको, उठाउन सहयोग गरेको र आफ्नो आधिकारी उम्मेदवारलाई चुनाव हराउने, अन्तर्घात गर्ने र पार्टीको जिम्मेवारी पूर्ण रुपमा निर्वाह नगर्नेहरूलाई कारबाही गर्नुपर्ने माग उठेका छन् ।
सुनसरी सदरमुकाम इनरुवाका पार्टीका नगर अध्यक्ष राजन मेहतालाई समेत यो आरोप लागेको पार्टी स्रोतले जनाएको छ ।
पार्टी जिल्ला सभापति केदार भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै नेपाली काग्रेंसका तर्फबाट इनरुवा २ का उम्मेदवार रन्जेश भट्टराई, ३ का रोशन खड्का, ८ का रविन्द्र मण्डल र ९ का कृष्णदेव मेहतले चुनाव हराउने, अन्तर्घात गर्ने र पार्टीको जिम्मेवारी पूर्ण रुपमा निर्वाह नगर्नेहरूलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरी अरूलाई सहयोग गर्ने कार्य घृणित रहेको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने र कुनै पनि लाभको पद र जिम्मेवारी दिन नहुने सुझाव समेत पार्टी सुनसरी कार्य समितिलाई दिएको छ । पार्टी सभापति भण्डारीले यसबारेमा आफू गम्भीर रहेको सम्बोधन गर्न तथा छानबिन गर्ने प्रतिक्रिया दिए ।
Discussion about this post