इनरुवा । सुनसरीको भोक्राहा नरसिंंह गाउँपालिकाका नव निर्वाचित गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले जनताको शासक होइन् सेवक बनेर काम गर्ने बताएका छन् ।
सोमबार भोक्राहा नरसिंह गाउँपालिका वडा नं.७ मा आयोजित वडाध्यक्षको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नव निर्वाचित गाउँपालिका अध्यक्ष आजादले सो कुरा बताएका हुन् ।
नव निर्वाचित गाउँपालिका अध्यक्ष आजादले कार्यक्रमलाई सम्बोधन गर्दै जनताको शासक होइन् सेवक बनेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेपछि स्थानीय समेत खुशी व्यक्त गरेका थिए ।
आजादले भने म बाट हुने जनताको हकअधिकारका लागि सबै काम गर्न तयार रहेको बताउँदै आफुसँग भएको जनशक्ति समेत गाउँगाउँमा परिचालन गरी जनताको हित काम गर्न आफु पछि नहट्ने उनले बताए ।
उनले भने म जनताको शाशक होइन, सेवक हुँ, आफ्नो जनताको सेवकको प्रत्याभुति दिलाउन आफुलाई गर्नुपर्ने सबै काम गरेर देखाउने बाँचा समेत गरेका छन् ।
Discussion about this post