महेश सिंह /अनुभक्त चौधरी / सिराहा । लहान नगरपालिका वडा नं. २२ मा नेपाली कांग्रेस वडा अध्यक्ष सहित प्यानलनै विजय भए लगतै पदभार ग्रहण गरेका छन्।स्थानिय स्तरबाट राजनैतिक सुरु गरेको श्याम कुमार अधिकारीथारुले २२६ मतान्तरले विजय भएका छन् ।उनको निकटतम प्रतिद्धनदी जनता समाजबादी पार्टी,नेपालका योगेन्द्र प्रसाद यादबले ६ सय छियान्नबे मत ल्याएका छन्।आधिकारी थारुले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए उनले जिते लगतै पदभार ग्रहन गर्दै विकास,शिक्षा ,स्वास्थ्य युवाहरुको रोजगार लगायतका कार्यहरु प्राथमिकताको साथ काम गर्ने बताए।
उनले भने यो मेरो जित होईन जनताको जितको हामी गरीब विपन्न जनताको हक र अधिकार सहितको सेवा दिने बताए ।
आज पदभार ग्रहण गर्दै भने म जनताले मलाई यो वडाको विकास तथा समृद्धिको लागी जितएकोले हामी त्यही अनुरुप काम गर्ने बताए ।
Discussion about this post