सुरेन्द्र मेहता/ चिराैली ।सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
भोक्राहा नरसिंह गाउॅपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाको समन्वय तथा सहजिकरणमा गणतन्त्र दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हाे ।
आज अर्थात जेष्ठ १५ गते १५ औं गणतन्त्र दिवसको अवसरमा भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित बृहत् रक्तदान कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद र भाेक्राहा नरसिंह गाउँपालिकालाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका सुरेन्द्र मेहता लगायतका व्यक्तिहरूले रक्तदान गरेको नेपाल रेडक्रस साेसाइटी भाेक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दाहालले जानकारी दिए ।
“रक्तदान नै जीवन दान हो” भन्ने मुल नाराका साथ भोक्राहा नरसिंह गाउँपालिमा आयोजित रक्तदान कार्यक्रममा नेकपा एमाले भाेक्राहा नरसिंह गाउँ कमिटीका अध्यक्ष एंव नेपाली रेडक्रस साेसाइटी भाेक्राहा नरसिंह गाउँपालिका सचिव रामकुमार मेहता, गाउँपालिकाका लेखा शाखाका कर्मचारी संजय मेहता, राजश्व शाखाका कर्मचारी बिज्ञान बन्जारा, याेजना शाखाका कर्मचारी रामचन्द्र यादव, भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का वडा सचिव शंकर मेहता, समाजसेवी अफजल हुसेन लगायतका ५१ जनाले रक्तदान गरिएको जानकारी दिए ।
उता रक्तदान कार्यक्रममा संचारकर्मी, सुरक्षाकर्मी , कर्मचारी , शिक्षक, स्वास्थ्यकर्मी तथा समाजसेवीहरुकाे सहभागी रहेको थियाे ।
भने कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादकाे अध्यक्षता तथा सुनसरी जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादव प्रमुख अतिथीमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपालमा गणतन्त्र दिवस
नेपालमा गणतन्त्र आउनु अगावै राष्ट्रप्रमुख हुन कालागि राजपरिवारमै जन्मिएका व्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाटमा हुर्किएका शाही सदस्य मात्र हुन पाउने व्यवस्था थियो । समयको परिवर्तन हेरौँ, आज स्वतन्त्र अनि गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरिकले आफ्नो स्वतन्त्रता, राष्ट्र प्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन् । आज नेपालमा विभिन्न ७ वटा प्रदेशहरू अनि प्रादेशिक शासन स्वरूपमा गणतन्त्रको नयाँ खाका कोरिई पनि सकिएको छ ।, सङ्घीय स्वरूपमा । विक्रम संवत् २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२ र ०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष ज्येष्ठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइदैछ ।१० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । ऐतिहासिक दिनको सम्मान स्वरूप हरेक वर्षको ज्येष्ठ १५ गते नेपालले आफ्नो गणतन्त्र दिवस मनाउँदछ, नेपाली गणतन्त्र दश वटा वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेकोमा हामी सबै नेपालीलाई बधाई छ । ज्येष्ठ १५ गतेको यसै ऐतिहासिक दिनको सम्मान स्वरूप सरकारले आज सार्वजनिक बा दिएर यसलाई सम्मान, गौरव र लोकतान्त्रिक गणतान्त्रिक मुलुकको उपलब्धिलाई उत्सवको रूपमा सारा नेपालीले मनाउने गर्दछन् ।
Discussion about this post