धरान । प्रदेश १ को नामाकरणका लागि प्रदेश सरकार मौलिक आधारको खोजीमा लागेको बुझिएको छ । प्रदेशसभाको छलफलहरुले पनि प्रदेशको नाम जुराएको छैन् । वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले भने प्रदेशको नाम किरातनै रहने भनि आफ्नो भनाई दोहोर्याउँदै आएका छन् । यसै विच प्रदेश सरकार किरात सभ्यताको मौलिक आधारको खोजीमा लागेको बुझिएको हो । प्रदेश सरकारले कोशी सभ्यताको मौलिक आधार पनि खोजी गराएको बुझिएको छ ।
सभ्यताको इतिहास खोज्दा अहिले सम्म स्थापित पुरानै आधारहरुलाई लिइने गरिएको छ । नेपालका जातिहरुको उत्पति, छुट्टै सभ्यताको विकासका तथ्यहरु ओझेलमा छन् । प्रदेश सरकारले किरात सभ्यता र संस्कृतिका बारेमा अध्ययनका लागि सञ्चालन गरेको छोटो अवधिको परियोजनाले ओझेलमा परेका तथ्यहरुको प्रतिवेदन तयार गर्नेछ । दस्तावेजको रुपमा निर्माण हुने प्रतिवेदनले प्रदेशको आदिबासीका बारेमा थप अध्ययनका आधार पनि तयार गर्ने विश्वास गरिएको छ ।
धरानमा आइतवार आयोजित प्रदेश सरकारको उक्त परियोजनाको जानकारी तथा अन्तरकृयामा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष तथा त्रिविका उपप्राध्यापक प्रेम येक्तेनले भने ‘किरात सभ्यताको मात्र नभएर यो अध्ययनले चार जाति राई, लिम्बु, यख्या, सुनुवारको उत्पति उनिहरुको आफ्नै सभ्यताको विकास बुझ्न अध्ययनका अधार तयार गर्नेछ ।’ छलफल किरात सभ्यताः लिम्बु/याक्थुङ आदिबासीहरुको सर्वेक्षणात्म अध्ययन विषयमा भएको हो ।
अध्यक्ष येक्तेन अध्ययन परियोजनामा चुम्लुङ तर्फका संयोजक हुन । उनका अनुसार अध्ययन परियोजना गहन र वृहत छ, तर समय निकै छोटो भएकाले चुम्लुङले यस्लाई सन्दर्भ समाग्रीहरुको अध्ययन, स्थलगत सर्वेक्षणको प्रकृयाबाट सम्पन्न गर्न द्रुत गतिमा काम गरिरहेका छ । यो अध्ययनका लागि तयार गरिएका विषय सूचि छुट्टा छुट्टै अध्ययन परियोजना सञ्चालन गर्न सकिने उदेश्यले चयन गरिएको उनले बताए ।
अध्ययन प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट गराइएको हो । अध्ययन उक्त चारै जातिका संस्थाहरु किरात राई योयोख्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र किरात सुनुवार सेवा समाजले गर्दैछ । चारवटै अध्ययन प्रतिवेदन चालु आर्थिक वर्षको असार मसान्त भित्र प्रदेश सरकारलाई बुझाईने बताइएको छ । उक्त चारै प्रतिवेनलाई समावेश गरी प्रदेश सरकारले किरात सभ्यताका मौलिक अवधारणा तयार गर्ने सम्भावना छ ।
किरात याक्थुङ चुम्लुङले गर्ने अध्ययन लिम्बु/याक्थुङ जातिको सभ्यताको विकासमा केन्द्रित रहने छ । छलफलमा चुम्लुङ संघीय वरिष्ठ उपाध्यक्ष डा.कमल तिगेलाले अध्ययनका लागि ४ खण्डमा विभाजित सूचि तयार गरिएको बताए । पहिलो खण्डमा लिम्बु सभ्यतामा लिम्बु मुन्धुम देखी बसोबासका १० विषयमा अध्ययन गरिने छ । दोश्रो खण्डमा इतिहास र दस्तावेजका ८ वटा सूचि छन् ।
यसैगरी लिम्बु समाज, संस्कृति, भूगोल तथा ऐतिहासीक स्थलहरुका बारेमा ६ वटा सूचिमा दुई दर्जन उपसूचिहरुमा अध्ययन हुने बताइएको छ । भाषा, लिपि, साहित्य र कलाका ८ वटा सूचि तयार गरिएका छन् । त्यसमा ५७ वट सम्म विषयहरु प्रतिवेदनमा उल्लेख गरिने छ । सबै विषयहरुका बारेमा स्थलगत रुपमा अन्तरकृया, छलफल गर ितुम्याहाङहरुका सुझाव समावेश गरिने उनले बताए । डा.तिगेलाका अनुसार धरान सहित हाल सम्म ५ ठाउँमा स्थलगत छलफल गरिसकिएको छ ।
धरानमा आइतवार भएको छलफलमा प्रदेश १ का प्रथम प्रदेश प्रमुख प्राडा.गोविन्दबहादुर तुम्बाहाङले अध्ययनको विषय सूचिहरु अत्यन्तै महात्वपूणर् भएको बताए । समाज विकासको क्रममा सभ्यताको प्रभावले राई-लिम्बुलाई कुटुम्बेरी समाजको रुपमा स्थापित गरेको बताउँदै उनले याक्थुङ लिम्बु समुदायको इतिहास, भाषा, संस्कृतिले यो जातिको सभ्यता निर्माण गरेको कुरा अध्ययनबाट स्थापित गर्नुपर्नेमा जोड दिए ।
डा.रामनारायण कन्दङवाले अहिले सम्म पढिएका किरात सभ्यताको इतिहास हिन्दु धार्मिक मान्यतालाई स्थापित गर्ने उदेश्य पाइएको बताउँदै मुन्धुममा उल्लेख नभएकोले किरात भन्दा अघि याक्थुङ लिम्बु सभ्यता थियो भन्न ेखोज्न जरुरी भएको बताए । चुम्लुङ जिल्ला सचिव तजुब लिम्बुले भने ‘मुन्धुम अघि किरात सभ्यता थियो कि मन्धुम पछि यो सभ्यता विकास भएको हो, स्पष्ट गर्नसके राम्रो हुन्छ ।’
सहप्रध्यापक चन्द्र सुब्बा फोम्बोले अध्ययन महत्वपूणर् हुने बताए ।
सल्लाहकार हर्ष सुब्बाले समानान्तर सभ्यता थियो भने तुलनात्मक अध्ययन गर्न सुझाव दिए । सल्लाहकार दुर्गामाय लिम्बु, अमरबहादुर पन्धाक, केन्द्रिय सदस्य संगीता सुब्बा, जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङ, सल्लाहकार हेमलाल लिम्बु लगायतले सल्लाह सुझाव दिएका थिए । अन्तरकृया सञ्चालन जिल्ला सदस्य शिव सुब्बा इस्वोले गरेका थिए ।
Discussion about this post