इनरूवा । सुनसरीको इनरुवा नगरपालिकाकाे आयाेजना तथा जिल्ला प्रहरी कार्यालय सुनसरीकाे सहकार्यमा प्रहरी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाका सरोकारबालाहरुले वैदेशिक रोजगारलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन् । आइतबार स्विस सरकारको सहयोग तथा श्रम मन्त्रालयको मातहतमा रहेको सुरक्षित आप्रवासन परियोजना सामिको अन्तरकृया कार्यक्रममा सरोकारबालाहरुले सो कुरामा जोड दिएका हुन् । सामी परियोजनाको प्रहरी अभिमुखिकरण कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले वैदेशिक रोजगारमा जानु रहर नभई बाध्यता भएकाले यसलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन जरुरी रहेको बताए । जिल्ला प्रहरी कार्यलयमा सप्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै यादवले बैदेशिक रोजगार ऐन, २०६४ मा उल्लेख भए अनुरुपको स्वास्थ्य सेवा सुविधा, बिमा र क्षतिपूर्तिको व्यवस्थाको बारेमा र त्यसको प्रावधानहरुको जानकारी लिएर विदेश जानुपर्ने बताए । उनले ऐनमा भएको व्यवस्थाका बारेमा पूर्ण जानकारी भएको भए समस्यामा परेर आउने कामदार र उनीहरुको परिवारलाई केही सहयोग पुग्ने भएकाले जानु अघि सबै कुरामा ध्यान दिन आवश्यक रहेको बताए ।
इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले नागरिकहरु वैदेशिक रोजगारमा नाममा ठगिमा पर्ने क्रम बढीरहेकाले त्यसमा सबै पक्ष चनाखो हुनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संजय सिंह थापाले बैदेशिक राेजगारीलाई शाेषण रहित बनाउन नेपाल प्रहरीकाे भुमिका विषयमा बाेल्दै वैदेशरिक रोजगार र प्रहरीमा आएको त्यस सम्बन्धी उजुरीका बारेमा प्रस्तुतिकारण गरेकाे थियो ।
साे कार्यक्रममा जिल्लामा कार्यरत ३० जना प्रहरीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारीमा जान चाहने, गएका, फर्किएका र उनीहरुको परिवारलाई बैदेशिक रोजगार ऐन र त्यस अनुरुपको सेवा सुविधाहरुको बारेमा हालको संघीय संरचनाका तीनै तहबाट जानकारी दिन आवश्यक रहेकोमा जोड दिएका थिए । वैदेशिक रोजगारीलाई पनि समाजको एउटा महत्वपूर्ण पाटो मानेर वैदेशिक रोजगारमा जाने तथा समस्यामा परेर आउने र उनीहरुको परिवारलाई समेत सुरक्षा दिनु आवश्यक रहेको नगर प्रमुख भण्डारीले बताए ।
भण्डारीले वैदेशिक रोजगारको अबसर तथा चुनौती सम्बन्धि कार्यक्रम र वैदेशिक रोजगारीलाई शोषण रहित बनाउन नेपाल प्रहरीको भुमिका विषयमा अभिमुखिकरण कार्यक्रम प्रभावकारी रहेको बताए ।कार्यक्रममा परियोजनाका डिएन चौधरी, धिरज भट्टराई, समयम कोईराला, राेसन मण्डल सहितको उपस्थिती रहेको थियो
Discussion about this post