मान बहादुर ठकुल्ला/टीकापुर । कैलालीकाे टीकापुर नगरपालिका ७ कालाकुण्डा स्थित माेहना नदीमा एक महिलाको शव भेटिएको छ । उक्त शव नदिले बगाएर ल्याएको अवस्थामा फेला परेको हो ।
एक स्थानीयका अनुसार आज करिब १० बजे तिर उक्त शव मोहना नदिमा बग्दै गरेको अवस्थामा भेटिएको थियो । उक्त शव आइतबार राति ८ बजेको समयमा भजनी नगरपालिका वडा नम्बर ५ लालबोझी स्थित कान्द्रा नदीमा हाम फालेकी जयराम डगौराकी श्रीमती रीमा डगौराको रहेकाे प्रहरी चाैकी कालाकुण्डाका प्रहरी नायब निरिक्षक रेवन्त बाेहराले जानकारी दिएका छन । केहि दिन अघि उनी कन्द्रा नदीमा हाम फालेर बेपत्ता भएकी थिइन । उनी बेपत्ता भएको करिब दुई दिन पछि आज टिकापुर नगरपालिका वडा नम्बर ७ बैदिको कालाकुन्डा स्थित माेहना नदीमा शव फेला परेको छ । प्रहरीका अनुसार शवकाे पहिचान पश्चात् मुचुल्का उठाई पाेष्टमार्टमका लागि टिकापुर अस्पताल पठाउने तयारी भईरहेकाे ईन्चार्ज बाेहराले बताएका छन र थप अनुसन्धान भैरहेको जानकारी प्राप्त भएको छ ।
Discussion about this post