सिरहा । लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले एक महिलालाई नगरपालिकामा जागिर लगाई दिन्छु भन्दै केही दिनअघि यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको छ । उपमेयर महतोले कार्यकक्षमै बोलाएर आफुमाथि दुव्र्यवहार र कुदृष्टिले हेरेको ती महिलाले आरोप लगाएका छन् ।
कार्यकक्षमै यौन दुव्र्यवहार गर्न थालेपछि ती महिला रुन थालेको थियो । रुन थालेपछि उपमेयर महतोले घटना बाहिर नलग्नु भन्दै आग्रह गरेको थियो । उनको कार्यकक्षबाट निस्केर घरको अभिभावकलाई घटना बारे विस्तार सुनाएको ती महिलाले जनाएको छ । पछि राजनीतिक दवावका कारण पञ्चायत भएर घटना सामसुम पारिएको बुझिएको छ ।
महिलाले न्याय माग्दै प्रहरी र नगरप्रमुख समक्ष मौखिक जानकारी गराएको थियो । छानबीन गर्न निवदेन चाहिन्छ तर, घटना पञ्चायतबाटै सामसुम भएपछि दवावका कारण उनी निवेदन दिन नगएको बुझिएको छ ।
घटनाको दिन उपमेयर महतोले कार्यालयको समय अगाबै कार्यकक्षमा बोलाएर ती महिलालाई के के गरेको थियो ? ती महिलाले लहान पोस्ट्कर्मीलाई जानकारी गराएको छ । घटनाबारे महिलाले सुनाएको प्रमाण सुरक्षित छ ।
यता, उपमेयर महतोले आफुमाथि लगाएको आरोपमा सत्यता नरहेको जनाएको छ । अहिले आफ्नो बारेमा विभिन्न हल्ला त्यतिकै उठिरहेको उनको भनाई छ ।
Discussion about this post