सुनसरी । सत्ता र शक्तिकाे आडमा सुनसरीको सीमावर्ती क्षेत्रबाट लाखौं मूल्य बराबरको चाैपाया तस्करी भारत लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएका छन् । सीमावर्ती क्षेत्रमा भइरहेको तस्करी राेक्न प्रहरी परिचालन गरिएपछि ३४ वटा चाैपाया प्रहरीले नियन्त्रणमा लिएकाे हाे । नेपाल-भारत बाेर्डर उल्टी र बसन्तपुर नाका हुँदै नेपालबाट भारत तर्फ अवैध रूपमा लैजाने गरेको अवस्थामा प्रहरीले चाैपाया नियन्त्रणमा लिएका हुन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरी बाट खटिएकाे संयुक्त प्रहरीकाे टाेलिले सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिका वडा- ८ बाट तस्करीकाे चाैपाया नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ । नियन्त्रणमा लिएकाे चाैपायालाई आवश्यक कार्वाहीको लागि सेतुबन्धु भन्सार कार्यालय कोशीव्यारेजमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयले जानकारीअनुसार नेपालबाट भारत तर्फ लैजादै गरेका ३० वटा गाई र ४ वटा गाैरु सहित जम्मा ३४ वटा चाैपाया पक्राउ गरेको जानकारी दिए ।
उक्त पशु चौपायाको भन्सार मुल्यांकन २ लाख ९५ हजार रहेको छ । नियन्त्रणमा लिइएकाे चाैपायाहरूकाे लिलामीकाे प्रक्रिया अघि बढाइएकाे प्रहरीले जनाएकाे छ।
Discussion about this post