बिरगंज । बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंहासन साहले आफूखुशी कार्य गरेको स्थानीयले आरोप लगाएका छन् । तीस हजार भाडा पर्ने नगरपालिकाको भवन सारेर उनले आफ्नै घरमा लगेका छन् र सोबापत एक लाख पाँच हजार भाडा लिने गरेको आरोप छ ।
नपाको मुख्य भवनबाहेक अन्य विभिन्न शाखाहरू सञ्चालनको लागि वरिपरिका घर भाडामा लिनुपर्दा सार्वजनिक सूचना आह्वान गर्नुपर्ने नियम भए तापनि प्रमुख साहले विनाटेन्डर महँगो भाडा पर्ने घर भाडामा लिएको आरोप छ ।
सो नपामा नगरप्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत चढ्ने तीनवटा सवारीसाधन पहिले नै खरीद भइसकेको तर पनि अहिले आएर आफूसँग रहेको स्कार्पियो पनि प्रतिमहीना एक लाखमा भाडामा लगाएको बताइन्छ ।
नगरप्रमुखमा विजयी भएपछि साहले आफूखुशी काम गर्दै कर्मचारीहरूलाई जथाभावी सरुवा गर्ने, राजनीतिक दबाबमा दुःख दिने गरेको स्थानीय जोगेन्द्र यादवले आरोप लगाए ।
Discussion about this post