शुभ नारायण यादव/ सप्तरी ।
सप्तरीको खडक नगरपालिकामा बिभिन्न शाखामा कार्यरत कर्मचारीहरुले मनलाग्दी लिएको लाखौं रकमको पेश्की फछ्र्यौट भएको छैन ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व निमावलीको नियम ५० बमोजिम कर्मचारीहरुले आर्थिक बर्ष २०७८÷०७९ मा पेश्की लिएको झन्डै २० लाख बराबरको रकम फछ्र्यौट नगरेको महालेखा परीक्षकको प्रतिबेदन २०७९ मा उल्लेख गरिएको छ । हेल्थ असिस्टेन्ट मो. जाकिर हुसेनले ३ लाख ८३ हजार, कविराज निरीक्षक रामप्रित गैमले २ लाख ४० हजार, रेखा कुमारी चौधरीले २ लाख ७२ हजार ३ सय, सहायक पाँचौ मोइरफान अयुवले ८५ हजार, मो. जियाउल हकले १ लाख ५ हजार, शाखा अधिकृत रमाकान्त चौधरीले २ लाख, कृष्णा कुमार यादवले १० हजार, अमर कुमार यादवले ४० हजार, राम नारायण चौधरीले १ लाख, कंचन भोले जेभी ४५ हजार ५ सय १२, प्राथामिक स्वास्थ्य चौकी कल्याणपुर व्यवस्थापन समितिले ५ लाख गरी १९ लाख ९१ हजार ६ सय १२ रुपैयाँ पेश्की फछ्र्यौट नगरेको महालेखा परीक्षकको प्रतिबेदनले जनाएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व निमावालीको नियम ५० मा पेश्की दिइएको रकम तोकिएको म्याद भित्र फछ्र्यौट गर्नु गराउनु पेश्की लिने दिने दुबै थरीको कर्तव्य हुने उल्लेख छ । तर नगरपालिकाको कार्यालयले कर्मचारीहरुलाई विभिन्न बहानामा बाँडिएको पेश्की आर्थिक बर्षको अत्यसम्म फछ्र्यौट नभई बाँकी रहेको देखिएको , प्रतिबेदनमा भनिएको छ, पेश भएको विवरण अनुसार पेश्की बाँकी रु ३३ लाख ४ हजार ६ सय १३ रुपैया मध्ये लेखापरीक्षणको क्रममा १३ लाख १३ हजार फछ्र्यौट भई १९ लाख ९१ हजार ६ सय रुपैया फछ्र्यौट गर्न बाँकी रहेको छ ।
खडक नपाका नगरप्रमुख जयप्रकाश चौधरीले पेश्की रकम असुल्ने कार्यलाई कडाइकोसाथ अगाडि बढाईएको बताउनु भयो । यता अभियानकै रुपमा बेरुजु र पेश्की रकम असुल्ने कार्य शुरु गरेको नगरप्रमुख चौधरीले बताउदै कतिपय कर्मचारीहरुले फछ्र्यौट गरी सकेका छन्, भने पेश्की राख्ने अन्य कर्मचारी, निर्माण कम्पनी र व्यक्तिहरुलाई पत्रचार गरिसकिएको बताउनुभयो ।
Discussion about this post