इनरुवा । सुनसरीको गढी गाउँपालिकामा आधारभुत अस्पतालको निर्माण कार्य सुचारु गर्नुपर्ने नागरिक समाज औरावनीले माग गरेको छ । संघीय सरकारको नीतिअनुसार गत वर्ष गढी २ मा सुर्जी आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको भएपनि अस्पातल निर्माणको काम अगाडि नबढेको भन्दै नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार भमरीमा पत्रकार सम्मेलन गरि प्रेस विज्ञप्ती सहित सुनसरीको गढी गाउँपालिका २ का सोभन यादवका नाती श्रीप्रसाद यादवका छोरा विश्म्बर यादवले संघीय सरकारको नीतिअनुसार गत वर्ष नै सुर्जी आधारभूत अस्पताल निर्माण गर्ने प्रयोजनका लागि १६ कट्ठा जग्गा दान गरेको र शिलान्यास गरिएको तर हालसम्म काम अगाडि नबढेकाले स्थानीयहरु र नागरिक समाजको ध्यानाकर्षण भएको जनाएको छ ।
समाजका संयोजक मुवारक खाँले गढी गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न पूर्व उपप्रधानमन्त्री विजयी कुमार गच्छदारले शिलान्यास गर्नुभएको एक वर्ष बढी वित्दा समेत निर्माणका लागि टेण्डर नभएकाले काम अगाडि बढाउन तत्काल नयाँ टेण्डर गरि अस्पातल निर्माणको माग गरेका छन् ।
गाउँमै सम्पूर्ण स्वास्थ्य सेवा पाउने अपेक्षासहित निक्कै उल्लासका साथ सिलान्यास भएको आधारभूत अस्पताल वर्षदिन बित्दासमेत निर्माणको काम सुरु नभएकाले स्थानीयहरुको चासोको विषय बनेको खाँले बताए ।
भमरीमा निर्माण गरिने १५ शय्याको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर ठेक्काको आह्वान गर्नुपर्नेमा त्यो काम अगाडि नबढेकाले आफूहरुलाई शंका लागेको गढी गाउँपालिका १ का वडा सदस्य मोहमद भोलाले जानकारी दिए । पालिकामा निर्माण गरिने अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा केही बजेट उपलब्ध गराएको भएपनि काम अगाडि नबढेकाले ओझेलमा परेको गढी गाउँपालिका २ का निवर्तमान वडा अध्यक्ष अरुण चौधरीले जानकारी दिए ।
प्रेस विज्ञप्ती मार्फत नागरिक समाज औरावनीले भमरीमा अस्पतालको आवश्यक रहेको र हुलाकी मार्गमा पर्ने तथा सबै वडाहरुलाई पायक पर्ने भएकाले तत्काल टेण्डर गरि निर्माणका कार्य सुचारु गर्नुपर्ने माग गरेको हो ।
विज्ञप्तीमा उल्लेख भए अनुसार गाउँमा नागरिकको स्वास्थ्य अधिकारलाई ध्यानमा राखी तत्कालिन केपी ओली सरकारले प्रत्येक स्थानीय तहमा आधारभुत अस्पातल निर्माणको लागि सिलान्यास पनि गरिएकोमा हाम्रो गाउँमा पनि सिलान्यास हुदाँ निकै खुसी र गौरबाम्बित भएका थियौं तर सिलान्यास पछि कुनै पनि प्रकृया अगाडि नबढेकाले आफूहरुलाई चिन्तित तुल्याएको छ । यस पालिकामा दोस्रो निर्वाचनबाट नेकपा एमालेका अध्यक्ष, उपाध्यक्ष र कार्यापालिकामा बहुमत भएकाले पूर्ण रुपमा काम अगाडि बढाउने अपेक्षा गरिएकोमा नयाँ नेतृत्वको तीन महिना लाग्दा समेत काम अगाडि नबढाएकाले त्यसमा प्रकृया अगाडि बढाई अस्पातल निर्माणमा सहयोग गर्न सबै सरोकारबालाहरुमा आग्रह गर्दछौं विज्ञप्तीमा भनिएको छ । औरावनीको भमरीमा अस्पतालको लागि तत्काल टेण्डर गरि निर्माणका कार्य सुचारु गर्न प्रेस विज्ञप्ती मार्फत जोडदार माग गर्दै प्रकृया अगाडि नबढाइएको खण्डमा सर्घषमा उत्रने चेतावनी समेत दिएको छ । नागरिक समाजका सन्तोश यादवका अनुसार एमालेका नयाँ अध्यक्ष आशनारायण चौधरी निर्वाचित भएकाले अस्पातल सिलान्यास भएको ठाउँ भन्दा अन्यत्रै सार्ने प्रयासमा लागेकाले स्थानीय आन्दोलित बनेका हुन् ।
Discussion about this post