भोक्राहा/ सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट अबैध रुपमा सखुवाको गोलिया सहित ट्याक्टर नियन्त्रणमा लिइएको छ ।
मंगलबार बराहाक्षेत्र न.पा. वडा न. ३ देविस्थान स्थित नडाहाबाट खटिगएको प्रहरी गस्ति टोलिले चेकजाच गर्ने क्रममा सखुवाको गोलिया सहित ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बराहाक्षेत्र न.पा. ७ बस्ने बर्ष २७ को कालु परियारले चलाईरहेको मे १ त ६७४१ नम्बरको ट्याकटरको डालामा अबैधरुपमा लुकाई छिपाई राखेको सखुवा जातको तीन थान गोलिया काठ नियन्त्रण लिइएको जानकारी दिए ।
प्रहरीले नियन्त्रण लिएको अबैध सखुवा जातको तीन थान गोलिया काठ ,ट्याकर र चालक समेतलाई नियन्त्रणमा लिई अवश्यक कार्वाहिको निमित्त डिभिजन वन कार्यालय सुनसरीको पठाएको बताए ।
Discussion about this post