फैजलुम मण्डल/भोक्राहा | मानव अधिकार समुह भोक्राहा नरसिंहको नियमित मासिक बैठक सम्पन्न भएको छ ।
समुहका अध्यक्ष नुनुलाल साहको अध्यक्षतामा सम्पन्न बैठकले समुहलाई थप सकृय र प्रभावकारी बनाउने निर्णय गरेको छ ।
बैठकले गाउँपालिकाको कृषि, शिक्षा, स्वास्थ्य, खाध्य र आवासको अधिकारको उपभोगको बारेमा सरोकारवालासँग छलफल र अनुगमन गर्ने , समुहका पदाधिकारीको पहिचानका लागि टि सर्ट र अन्य सामग्रीहरु परिचालन गर्ने निर्णय गरेको छ ।
गाउँपालिकासँग टि सर्ट र ब्याग सहितका आवश्यक सामग्री समेत माग गर्ने निर्णय गरेको जनाएको छ । समुहमा निष्कृय रहेका सदस्यहरुलाई बिदाई गर्ने र नयाँ सदस्यहरुलाई स्वागत गर्ने तयारी समेत बैठकले गरेको समुहका उपाध्यक्ष रिजवान अंसारीले जानकारी दिए ।
बैठकमा कोषाध्यक्ष सालु मेहता, सदस्य सम्साद आलम, पुजा कुमारी मेहता, मन्तोष कुमार मण्डल र उपाध्यक्ष आशा पौदार सहितको उपस्थित रहेको समुहका अध्यक्ष साहले बताए ।
Discussion about this post