इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा एकपछि अर्को विद्यालयमा कक्षा ११ र १२ को पठानपाठन सुरु भएको छ । जिल्लाको इनरुवा नगरपालिका –५ बलाहा स्थित सूर्य किरण एकेडेमीले पनि यसपालीबाट माध्यमिक तहको भदौ १ गतेबाट कक्षा ११ को पठनपाठन शुरु भएको छ ।
विद्यालयले विधार्थीको माग र आवश्यकलाई मध्यनजर गरि ११ कक्षाको उद्घाटन गरेको हो । विद्यालयका प्रधानाध्यापक मनोज कुमार यादवले विद्यालयको गतिविधि र आगामी योजना बारे जानकारी गराउदै कक्षा ११ को विभिन्न विषयमा पठनपाठन सुरु गरेको बताउनुभयो । लोकतन्त्रपछि स्थानपना भएको विद्यालयले छोटो समयमा इनरुवाको अग्रणी स्थानमा नाम कमाउन र अभिभावकको मन जित्न सफल भएकाले कक्षा ११ को पठाई शुरु गरेको जनाएको छ । सुरुमा थोरै विद्यार्थी लिएर प्राथमिक तह, निम्न माध्यकिम हुदै माविको कक्षा १० सम्म पठनपाठन हुदै आएकोमा अहिले ११ कक्षामा समेत पठनपाठन शुरु भइसकेको विद्यालयले जनाएको छ । पहिलो चरणमा व्यवस्थापन तर्फ अग्रेंजी र नेपाली माध्यममा गरि ६० विधार्थीहरु भर्न भएको र अरु आउने क्रम जारी रहेको विद्यालयले जनाएको छ । विद्यालयको आफ्नै भवन र मैदान समेत भएको अनि दक्ष प्रध्यापक तथा शिक्षकहरु रहेकाले पहिलो वर्षमा नै विधार्थीको संख्या अपेक्षा भन्दा बढी देखिएको छ ।
Discussion about this post