इनरुवा । सुनसरीमा जनता समाजवादी पार्टी पछिल्लो समय कमजोर बन्दै गएकाे छ।
जसपा नेपाल जिल्ला समन्वय समिति सुनसरीमा पार्टीले आफ्नो संगठन बिस्तार गर्न नसकेको कारण कमजोर बन्दै गएको हाे ।
गत स्थानीय तह निर्वाचन २०७९ मा पार्टीले आफ्नो साख जाेगाउन नसकेको कारण सुनसरीमा जसपा नेपाल कुनैपनि हालत मजबुत बन्द नसकेको पार्टीकै केही कार्यक्रर्ताहरूले आराेप लगाएका छन् ।
जसकाे परिणामस्वरूप सुनसरीका २९ जना नेताकार्यकर्ताले जसपाबाट परित्याग गरेका छन् । भने बाँकी अरू नेता तथा कार्यक्रर्ताहरूले पार्टी छाेड्ने चेतावनी दिएका छन् ।
बुधबार मात्रै सुनसरीमा एक संयुक्त विज्ञप्ती जारी गर्दै २९ जनाले पार्टी परित्याग गरेको जानकारी गराएका छन् ।
‘पछिल्लो समयमा पार्टी नेतृत्व तहमा आ–आफ्ना स्वार्थ, दम्भ र लालचका कारण आन्तरिक समस्या सिर्जना भएको सर्वविदितै छ’, जसपा परित्याग गर्नेहरुले भनेका छन्, ‘पार्टी भित्रको समस्याले अगामी दिनमा पार्टी र संगठन मजबुद बन्ने र जनताप्रति उत्तरदायी बन्ने विषयमा विश्वास गर्न सक्ने अवस्था नरहेकाले हामी आबद्ध पार्टीमा, जिम्मेवारीमा रहिरहने अवस्था नरहेकोले हामी तपसिलका पार्टी पदाधिकारी तथा अभियन्ताहरु आजको मितिदेखि जनता समाजवादी पार्टीको आ–आफ्नो जिम्मेवारीबाट राजीनामा दिने निर्णय गरी राजिनामापत्र सार्वजनिक गरिएको छ ।’
राजीनामा गर्नेहरुमा जसपा सुनसरी सदस्य तथा इटहरी उपमहानगरपालिकाका उपाध्यक्ष उपेन्द्र श्रेष्ठ, सुनसरी जिल्ला सदस्य तथा महिला इन्चार्ज कृष्णकला निरौला, सुनसरी जिल्ला सदस्य तथा समाजवादी महिला संघ सुनसरी सचिव प्रतिमा माखिम लगायतका २९ नेताकार्यकर्ताहरु छन् ।
Discussion about this post