इनरुवा । पछिल्लो समय एकाएक चर्चामा आएका प्रदेश प्वाइन्ट अनलाइन पत्रिकाका सम्पादकको फेसबुक ह्याक भएको छ ।
प्रदेश प्वाइन्ट डिजिटल अनलाइन पत्रिकाका सञ्चालक तथा सम्पादक समेत रहेका दिपेन्द्र यादवको फेसबुक आइडी ह्याक गरिएको हो ।
सम्पादक यादवको फेसबुक ह्याक किन र के का लागि गरिएको विषयमा आफु जानकार नरहेको उनले बताए ।
उनले भने अहिले समाजिक सञ्जालमा प्रदेश प्वाइन्ट अनलाइन ततिएको छ, नियमित भ्रष्टाचार, चोरी, तस्करी, बलात्कार लगायतका समाचार प्रकाशन हुने गरेको छ । उता यादवले समााजिक सञ्जाल फेसबुक ह्याक गरिएको विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अपराध अनुसान्धान ब्युरो कार्यालाय काठमान्डौँमा जानकारी दिएको उनले बताए ।
Discussion about this post