इनरुवा । कृषि ज्ञान केन्द्र सुनसरीका कार्यालय प्रमुख निलकमल सिंह विभिन्न कार्यक्रममा गरेको सिकार अर्थात असुली गरेको कमिसनको पोल खुलेपछि अहिले उनलाई तनाब भएको छ ।
काम गर्ने कालु मकै खाने भालु भन्ने उख्खान जस्तै कृषि ज्ञान केन्द्र सुनसरीका कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका निलकमल सिंह नमुना कृषि फार्म स्थाप्ना सहयोग कार्यक्रममा सोही कार्यालयमा कार्यरत्त करार सेवाका कर्मचारी दिपक तिम्लिसिनाको सहयोगमा किसानहरुसँग सिकार गर्न अर्थात नजराना असुली गर्न भ्याएका छन् ।
त्यस्तै कागती खेती मिसन कार्यक्रममा समेत अन्यमितता गरिएको पाइएको छ ।
कागती खेती मिसन कार्यक्रम सोही कार्यालयमा कार्यरत्त कर्मचारी प्रविण श्रेष्ठले गरेका छन् ।
उनले कार्यक्रम गरेपनि उपलब्धी भने शुन्य रहेको छ । सो कार्यक्रम इनरुवा ४ का बराह नर्सरी तथा बागबानी, बराहक्षेत्र २ का गैतम कृषि फर्म, देवानगञ्ज १ का कुशवाहा कृषि फर्मसँग कार्यक्रम सम्झौता गरेको थियो । तर कार्यक्रम सम्झौता गरेपनि कमिसनको कुरा नमिलेपछि सम्झौता बमोजिम प्रतिवेदन समेत पेस भ्याएका कर्मचारीले हाल सम्म कुशवाहा कृषि फर्मसँग गरिएबमे सम्झौता अनुसार रकम भुक्तानी नदिएको फर्म संचालकले जानकारी दिएको छ ।
कागति मिसन कार्यक्रम अन्तरगत बराहा नर्सरीलाई २ लाख ३५ हजार ८० रुपैँया, गौतम कृषि फर्मलाई २ लाख १२ हजार ८ सय ५० रुपैयाँ र कुशवाहा कृषि फर्मलाई २ लाख १ध् हजार ३ सय ६० रुपैँया गरी झण्डैँ ६ लाख ६० हजार बराबरको कार्यक्रम कागजमै सिमित बनेको इनरुवा ४ का स्थानीयहरुले बताएका छन् ।
कर्मचारी र विभागीय नजराना असुलीमा लिप्त सँग मिलेर प्रमुख सिंहले अनियमिततामा व्यस्त भएपछि असली किसानहरु भने मारमा परेको स्थानीय किसान एसएन यादवले बताए ।
त्यस्तै एक पालिका एक नर्सरीमा समेत अनियमितता गरिएको छ । कार्यालाय प्रमुख सिंहले एक पालिका एक नर्सरी कार्यक्रम धरान २० का एभरेस्ट नर्सरी एण्ड फर्म र इटहरी २ का उपहार कृषि फर्मलाई कार्यक्रम दिइएको पाइएको छ ।उता ज्ञान केन्द्रका प्रमुखसँग प्रतिक्रिया लिन खाेज्दा पटकपटक फाेन सम्पर्क गर्दा उठाएन् ।
Discussion about this post