शुभ नारायण यादव /सप्तरी । सप्तरीको राजविराज नगरपालिका ७ स्थित क्यालिबर ईन्टरनेस्नल क्याम्पस का एक विधार्थीलाई आइतबारबाट शुरु भएको परिक्षामा सम्लित हुनबाट बन्चित गरेको छ । स्नातक तहमा अध्ययनरत विधार्थी दिपक कुमार चौधरीलाई क्यामपसका प्रिन्सिपल अरुण कुमार महतोले क्यामपसको डयुज पुरा नगरेको कारण देखाउदै फर्म भर्न नदिएर आइतबारदेखि शुरुभएको परिक्षाबाट बन्चित गरेका छन् । विधार्थी चौधरीले केहि दिनमै आफुले डयुज तिर्ने भन्दा भन्दैपनि पिन्सिपल महतोले विधार्थीको गुनासो न सुनेर आफनो मनोपोली, हेकमवादी प्रवृति देखाउदै विधार्थीलाई परिक्षा दिनबाट बन्चित गरएको हो । उनले केहि दिनमै आफुले क्याम्पसको डयुज चुक्ता गर्ने प्रतिबधता जनाए पनि महतोले विधार्थीको जिवन सँग खेलबार गरेको मा क्याम्पसका विधार्थीहरु आस्चर्य चकित भएका छन । महतोलाई विधार्थी चौधरीले डयुज केहि दिनमै तिरी दिन्छु भन्दा पनि महतोको यस्तो हरकतले विधार्थी जगतको नै बदनाम गर्ने गरि देखाएको त्यस्तो किसिमको हरकतले विधार्थी जगदलाई नै बदनाम पारेकोमा स्थानिय विधाथीहरु आक्रोसित भएका छन् । पिन्सिपल महतोले विधार्थीलाई विभिन्न बहानामा ल्याएर अन्तिम परिक्षाको बेलामा चर्को शुक्त तिर्न बाध्यपार्ने गरेको स्थानिय पिडित विधार्थीहरुको गुनासो रहेको छ । विधार्थी ल्याउनको लागि विभिन्न लोभ लालच देखाएर विधार्थीलाई गुम्राहमा पारि क्यामपसमा भर्ना गर्ने गरेको पिडित विधार्थीहरुको आरोप रहेको छ । महतोको यसतो दुर्वव्यवहारको कारण विधार्थीहरु यस क्याम्पसमा न आउने चर्चा परिचर्चा गर्न थालेको बताइन्छ ।
Discussion about this post